सडक डिभिजन कार्यालयले फुटपाथ विस्तारका लागि खनिएको न्युरोड क्षेत्रको सडकमा कालोपत्रे गरेको छ ।मापदण्ड अनुसार नभएको भन्दै काठमाडौं महानगरले न्युरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडकको दायावाया सडक काटेको थियो । महानगरको कदम कानून विपरित भएको भन्दै सडक डिभिजन कार्यालयले सो क्षेत्रको सडक मर्मत गर्दै पुन कालोपत्रे गरेको हो ।कालोपत्रे गर्ने क्रममा काठमाडौं महानगरका नगरप्रहरीले रोक्न खोज्दा केहिवेर विवाद भएको थियो । स्थानीयहरुले सडक कालोपत्रे गर्न दिनुपर्ने भनेपछि महानगर प्रहरी पछि हटेका थिए ।सरकारी निकायहरु सडक डिभिजन कार्यालय र काठमाडौं महानगरबीच आपसी समन्वयन नहुदा समस्या देखिएको स्थानीयहरुले बताएका छन् । उनीहरुले सवैको सहमतिमा हुने कामको कसैले विरोध नगर्ने भन्दै एकलौटी बलमिच्याइ भएका कारण अहिले विवाद भएको जिकिर गरे ।काठमाडौं महानगरपालिकाले न्यूरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै विशालबजार क्षेत्र अगाडिको सडकको कालोपत्रे काटेको थियो । तर महानगरको कदम कानूनबिपरित भएको भन्दै सडक डिभिजन कार्यालयले सडक मर्मत गर्न निर्देशन दिएपनि सो अनुसार काम हुन नसकेपछि कार्यालय आफैले सडकमा कालोपत्रे गरेको हो ।