एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित विद्यालयमा दुईवटा बम बिस्फोट हुँदा कम्तीमा चारजनाको मृत्यु भएको छ ।स्थानीय प्रहरीका अनुसार काबुलको पश्चिमी क्षेत्रस्थित अब्दुल रहिम हाइस्कूलमा बिस्फोट हुँदा अरू १९ जना घाइते भएका छन् । घाइतेहरूकाे अस्पतालमा उपचार भइरहेकाे छ ।विद्यार्थीहरू बिहानको कक्षा सकेर निस्कने बेला बिस्फोट भएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।आक्रमणको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन ।