काठमाडौँ।सांसदहरुले निरन्तरको वर्षासँगको बाढी र पहिराबाट सिङ्गो मुलुक प्रभावित भएकाले प्रतिकार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।आइतबार बसेको प्रतिनिधिसभाको आकस्मीक समयमा उनीहरुले बाढी र पहिराबाट धनजनको क्षति कम हुने गरि प्रतिकार्यलाई प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका हुन् ।सांसद शंकर भण्डारीले मुलुकभर बाढि र पहिरोका कारण धनजनको क्षति भएकाले प्रतिकार्यका लागि तयारी अवस्थामा रहन राज्यका निकायको ध्यानाकर्षण गराउनुभयो । उहाले सम्भावित जोखिमको पूर्वानुमान गरेर उद्धारलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने र नागरिकको जीउधनको रक्षा गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।त्यस्तै सांसद हितराज पाण्डेले लगातारको वर्षाका कारण देशका विभिन्न भागमा जनधनको क्षति भएको भएकाले विपद्मा परेका नागरिकको उद्धार तथा राहत वितरणमा केन्द्रित हुन ध्यानाकर्षण गराउनुभयो । पाण्डले बिपद्का बेला सवै राजनीतिक दल, सुरक्षा निकाय, आम नागरिक एक भएर लाग्नुपर्ने उल्लेख गर्नुभयो ।त्यस्तै सांसद सूर्यबहादुर थापा क्षेत्रीले मनसुनजन्य विपदमा परेका नागरिकको उद्धार तथा राहतमा भन्दा पनि वर्तमान सरकार सत्ताको पिडामा रहेको बताउनुभयो । उहाले बर्सेनि दोहोरिने विपद्का घटना न्यूनीकरण गर्न सरकारकाले विशेष योजना बनाउनुपर्ने र वर्षाका कारण अवरुद्ध सडक व्यवस्थित गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।त्यस्तै सांसद अब्दुल खानले विकास निर्माणका परियोजनालाई प्राकृतिक प्रकोप प्रतिरोधी बनाउन माग गरे । अन्य सांसदहरुले प्रतिकार्यका कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।