
ईङलिश प्रिमियर लिग अन्तर्ग म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।म्यानचेस्टर युनाइटेडको जितमा ब्रुनो फर्नानडेज र मार्कस राशफोर्डले एक एक गोल गरेका थिए । त्यस्तै क्रिस्टल प्यालेसका लागि जेफ्री स्च्लुपले एक गोल फर्काएका थिए ।
यस खेलको ७०औं मिनेटमा क्यासिमिरोले रातो कार्ड पाउदा म्यानचेस्टर युनाइटेड १० खेलाडीमा सिमित भएको थियो ।यो जितपछि म्यानचेस्टर युनाइटेड प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । म्यानचेस्टर युनाइटेडको २१ खेलमा ४२ अंक भएको छ । त्यस्तै क्रिस्टल प्यालेसको २१ खेलमा २४ अंक छ र लिगमा १२औं स्थानमा रहेको छ ।
एभर्टनसँग हार्यो आर्सनल
ईङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनले आर्सनललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा एभर्टनले आर्सनललाई १-० गोल अन्तरले पराजित गरेको हो ।एभर्टनको जितमा खेलको ६०औं मिनेटमा जेम्स टार्कोस्कीले गरेको गोल नै खेलको निर्णयाक गोल बनेको थियो ।यो जितपछि एभर्टनको २१ खेलमा १८ अंक भएको छ र लिगमा १७औं स्थानमा उक्लिएको छ ।एभर्टनले आफ्नो दशौँ खेलमा पहिलो जित हासिल गरेको छ । यस सिजनमा खराब प्रदर्शन गरेपछि अघिल्लो साता एभर्टनले आफ्ना प्रशिक्षक फ्र्यांक लाम्पार्डलाई बर्खास्त गरेको थियो । लाम्पार्डलाई बर्खास्त गरेपछि एभर्टनले सीन डीचेलाई नयाँ प्रशिक्षक बनाएको थियो ।त्यस्तै यो हारपछि आर्सनलको २० खेलमा ५० अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । आर्सनल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा ५ अंकले अगाडी रहेको छ ।वोल्भ्ससँग लिभरपुल स्तब्ध
ईङलिश प्रिमियर लिग अन्तर्गत वोल्भ्ससँग लिभरपुल स्तब्ध भएको छ । गएराती सम्पन्न खेलमा वोल्भ्सले लिभरपुललाई ३-० गोल अन्तरले पराजित गरेको हो ।वोल्भ्सको जितमा क्रेग डावसन र रुबेन नेभेजले एक एक गोल गरेका थिए भने एक गोल लिभरपुलका जोएल माटिपले आत्मघाती गोल गरेका थिए ।यस सिजनमा लिभरपुलले आफ्नो खराब प्रदर्शनलाई निरन्तरता दिदै योसहित सातौ हार बेहोरेको छ । लिभरपुलले २० खेलमा ८ जित ५ बराबरी र ७ हारसहित २९ अंक बटुलेको छ र लिगमा १०औं स्थानमा झरेको छ ।त्यस्तै वोल्भ्सको २१ खेलमा २० अंक भएको छ र लिगमा १५औं स्थानमा उक्लिएको छ ।Source:Janasawal




























