धनकुटा । धनकुटा नगरपालिका १ सुकेपोखरीमा बस र ट्याङ्कर ठोक्किँदा १२ जना घाइते भएका छन् ।धनकुटाबाट हिले तर्फ जाँदै गरेको बा २ ख ७२५४ नम्बरको बस र विपरीत दिसाबाट आउँदै गरेको को १ च १५३१ नम्बरको ट्याङ्कर आपसमा ठोक्किएका हुन् ।दुर्घटनामा परी सङ्खुवासभाको धर्मदेवी नगरपालिकाका १४ वर्षीया सङ्गीता पौडेल, धर्मदेवी ८ का ६६ वर्षीया मनमाया बसेल, २० वर्षीय मनोज कार्की र धर्मदेवी ९ का ६० वर्षीय काजीबहादुर कार्की, धर्मदेवी ६ का ३१ वर्षीया मेनुका पौडेल र मोरङको बेलबारी २ का ७० वर्षीय मानबहादुर विक घाइते हुनुभएको प्रहरीले जनाएको छ ।घाइते सबैको टाउकोमा चोट लागेको छ । दुर्घटनामा घाइते भएका सबैको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको धनकुटा अस्पतालमा उपचार भइरहे पनि थप समस्या देखिए धरान पठाइने प्रहरीको भनाइ छ ।