
काठमाडौं ।नारायणगढ–मुग्लिनसडकखण्डस्थितसिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता दुई बस तथा यात्रुको खोजी कार्यमा खासै प्रगति देखिएको छैन ।आज घटना भएको १४ दिन बितिसक्दा पनि नेपाल र भारतको संयुक्त सुरक्षा फौजबाट खोजतलास जारी छ । उक्त दुःखद् घटनामा परी हराइरहेका यात्रुमध्ये हालसम्म २५ वटा शव प्राप्त भएको छ । अझै दुई बससँगै ३७ यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन ।५ दिनदेखि सशस्त्र प्रहरी बल नेपालको गोताखोरसहित छिमेकी राष्ट्र भारतको राष्ट्रिय आपदा मोचन बलबाट १२ जनाको प्राविधिक टोलीले संयुक्त रुपमा खोजी गरिरहेको जनाइएको छ ।




























