
काठमाडौं। विभिन्न १७ देशका लागि सिफारिस भएका राजदूतहरूको उजुरी उपर आजदेखि सुनुवाइ सुरु हुने भएको छ । प्रस्तावित राजदूत विरुद्ध उजुरी गर्नेहरुसँग आज संसदीय सुनुवाइ समिति (सयुक्त) ले छलफल गर्न लागेको हो । संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ अनुसार उनीहरूको सुनुवाइ हुन लागेको हो ।समिति सभापति ईश्वरीदेवी न्यौपानेका अनुसार भदौ १६ देखि २५ गतेसम्म बिदाको दिनबाहेक प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ हुनेछ ।सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले प्रस्तावित राजदूतहरूको सुनुवाइको कार्यतालिका पारित गर्दै आजदेखि सुनुवाइ सुरु गर्ने निर्णय गरेको थियो ।




























