
काठमाडौं ।नेकपा एमालेका सांसद पदम गिरीले डेडिकेटेड तथा ट्रंक लाइनका नाममा बर्षौसम्म समस्यामात्रै देखिएकाले वर्तमान सरकारले समाधानको पहल लिएको बताउनुभएको छ ।मंगलबार प्रतिनिधिसभाको आकस्मीक समयमा बोल्दै गिरिले डेडिकेटेड तथा ट्रंक लाइनको बक्तौता समस्या समाधान गर्न खोज्दा आम जनतालाई भ्रम छर्नेगरि बिपक्षी प्रस्तुत भएको भन्दै आपत्ति समेत जनाउनुभयो ।उहाले डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेको टिओडि मिटरको बिल प्राधिकरणले दिन नसकेको र पूर्वाग्राही ढंगले लाइन काटिएको आरोप समेत लगाउनुभयो ।उहाले व्यवसायीहरुले तिर्नुपर्ने रकम पनि यसअघि प्राधिकरणले नियतबस नउठाएको जिकिर गर्नुभयो ।उहाले प्राधिकरणले टीओडी मिटरको यकिन तथ्यांक दिन नसकेको जिकिर गर्नुभयो ।




























