काठमाडौं । नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सोमबार बिहान बालुवाटारमा बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकले विराटनगर महानगरपालिकाको मेयरमा कोइराला उम्मेदवार बनाउने निर्णय गरेको हो।
कोइराला शेखर कोइरालानिकट हुन्। ललितपुरमा भने अझै टुंगो लगाएको छैन। बैठक बालुवाटारमा जारी छ।