काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरूले नाराबाजी गरेका छन् । बिहीबार त्रिविको सभा (सिनेट) मा कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुन पुगेका थिए । उनी सभाबाट बाहिरिने क्रममा कर्मचारीहरूले नाराबाजी गरेका हुन् ।उनले भने, ‘साथीहरूले प्रश्न उठाउनुहुन्छ, हस्तक्षेप गरेको होइन। अलिकतै शैलीमा तलमाथि पर्ला त्यो आफ्नो ठाउँमा छ। हस्तक्षेप होइन निर्णय गर्छ नि यो संस्थाले, कुलपतिलाई मन नलागेको निर्णयमा पनि यसो गरौँ भनेपछि मैले साथीहरू भन्नुभयो भन्नै पर्छ। उपकुलपतिलाई पनि यसो गर्न पाए हुन्थ्यो भन्ने लागेको होला। पाए हुन्थ्यो भन्ने गर्न पाउनु विश्वविद्यालयको स्वायत्तता होइन।’उनले आफ्नो कुनै हस्तक्षेप नभएको भन्दै निष्पक्ष ढंगले काम गर्नुपर्ने बताए। मेरिटोक्रेसी नामको मात्रै नहोस् भन्नेमा पनि सचेत गराए।