रोशन घर्ती मगर
काठमाडौं । पछिल्लो समय विभिन्न दलको चुनावी एजेण्डा हेर्दा लाग्छ रातारात रेल चलाउछौ,समृद्ध बनाउछौ तर यस्ता नारा फगत नाराको रुपमा मात्र देखिएको छ । नागरिकको जीवनस्तर भने दिनानुदिन झन खस्किदैं गएको पाईन्छ । यस्तै आशन्न बैशाख ३० गते हुन लागेको स्थानिय चुनावको घोषणापत्र हेर्दा पनि यस्तै दृश्य फेरी दोहोरिएको छ ।पछिल्लो समय विभिन्न दलको चुनावी एजेण्डा हेर्दा लाग्छ रातारात रेल चलाउछौ,समृद्ध बनाउछौ तर यस्ता नारा फगत नाराको रुपमा मात्र देखिएको छ । नागरिकको जीवनस्तर भने दिनानुदिन झन खस्किदैं गएको पाईन्छ । यस्तै आशन्न बैशाख ३० गते हुन लागेको स्थानिय चुनावको घोषणापत्र हेर्दा पनि यस्तै दृश्य फेरी दोहोरिएको छ ।
खनाल भन्छन् 'धेरै पटक नागरिकलाई ठुलाठुला झुटा सपना बाडियो तर म त्यसको पक्षमा छैन म मेरो वडाबासीको मुहारमा मुस्कान ल्याउन चाहन्छु । किनकी यहाँ नागरिकले खास धेरै अपेक्षा राखेका छैनन् हामीले उनीहरुको सानासाना सपना पुरा गरेर पनि मुस्कान दिन सक्छौ । हरेक घरबाट गुण्डाशैलीमा फोहोरको पैसा उठाईन्छ तर बाटामा हिड्न नसकिने गरी फोहोरको थुप्रो थुप्रिएका हुन्छन्, भ्रष्ट सोच पालेका शासकबाट कहिले पनि नागरिकको खुसीको लागी कुनै काम नहुने उनको आरोप छ ।''हामी पटकपटक झुक्कियौं एउटा सामान्य वडा अध्यक्ष जसले पसलको ऋण तिर्नसक्ने औकात थिएन आज उ गाडी चढ्ने भएको छ । १० हजार पर्ने कोट फेरिफेरि लगाएको छ, अनि महिलाको समुह राखेर रेष्टुरेन्टमा रक्सी पार्टी गरिरहेको छ । उसको जीवन कसरी एकाएक परिवर्तन आयो उनको प्रश्न छ । त्यसकारण एकपटक मलाई तपाईको सेवक भएर काम गर्ने मौका दिनुस्' भन्दै चुनावमा होमिएका छन् ।विवेकशील साझा पार्टीको तर्फबाट काठमाडौं महानगरपालिका वडा नं. १०को वडा अध्यक्ष पदका लागी आफ्नो उम्मेदवारी दिएका छन् । यही ठाँउको माटोको टिका लगाउँदै आफुले कहिलेपनि भ्रष्ट्रचार नगर्ने कसम खाएर लागेका छन् । काठमाडौंको सस्कृंति परम्परा र माटोलाई राम्रोसंग नियालेका खनाल एक आध्यात्मिक व्यक्तित्व समेत हुन् ।विवेकशील साझा पार्टीको चुनाव चिन्ह 'तराजु' हो ।
