काठमाडाैं । राष्ट्रिय विभूति अरनिकोको स्मृति दिवसका अवसरमा विभिन्न कलाकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।अरनिकोको स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा नेपाल कमर्सियसल आर्टिष्ट संघले कलाकारहरुलाई सम्मान तथा पुरस्कृत गरेको हो । सो क्रममा कलाकारहरुलाई हेम–गंगा युवा कला प्रतिभा पुरस्कार, ज्ञानी शाह क्यान अमूर्त कला सम्मान, बालकृष्ण्ण स्मृति कला लगाएतका १५ विधामा पुरस्कार प्रदान गरिएको थियो ।कार्यक्रममा पुरस्कार प्रदान गर्दै उपप्रधान एवं शहरी बिकास मन्त्री प्रकाशमान सिंहले कलाकारलाई कदर गर्दै नयाँ पुस्तालाई कला क्षेत्रमा आउन प्रेरित गर्नुपर्ने बताउनुभयो ।त्यस्तै अन्य बक्ताहरुले अरनिकोको कलाको संरक्षण र सम्बद्र्धनसँगै उनको कलाका बारेमा थप खोज अनुसन्धान हुन जरुरी रहेको औंल्याएका थिए ।