झापा । ताप्लेजुङको मुक्कुम्लुङमा केबलकार निर्माण खारेजीको माग गर्दै आह्वान गरिएको बन्दका कारण पूर्वका बिभिन्न जिल्लाको जनजिवन प्रभावित भएको छ । .केबलकार खारेजी संघर्ष समिति, मुक्कुम्लुङ संरक्षण समिति लगाएतले आह्वान गरेको बन्दका कारण बिभिन्न जिल्लाको जनजिवन प्रभावित भएको हो । बन्द आह्वान गर्दै हिडेका प्रदर्शनकारी र प्रहरीबीच झापाको दमकमा झडप भएको थियो । सो क्रममा केहि प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्वका बिभिन्न जिल्लाका राजमार्गमा बाक्लो रुपमा सुरक्षाकर्मी तैनाथ गरेर यातायात सूचारु गर्ने प्रयास गरिएको छ । बिभिन्न माग राख्दै संघर्ष समितिले हित माघ २० र २१ गते दुई दिन अरुणपूर्वका ९ जिल्ला बन्दको आह्वान गरेको हो ।