पोखरा । आम जनता पार्टी (आजपा)का वरिष्ठ उपाध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगरले नेपालमा श्रमिकहरुले आफ्नो श्रम अनुसारको तलब, सेवासुविधा नपाएको भन्दै श्रमिकको तलम बढाउनुपर्ने बताए ।आजपा निकटको आम ट्रेड युनियन फेडरेसनको आज पोखरामा भएको गण्डकी प्रदेश भेलालाई सम्बोधन गर्दै उनले श्रमिकको तलब बढाउँनुपर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दलाल र बिचौलियाहरुको सेवा गरिरहेको गम्भिर आरोप लगाउदै उनले श्रमिकको पक्षमा सरकारले काम नगरेको टिप्पणी गरे ।‘यो सरकार श्रमिकको पक्षमा काम गरेको छैन् । बिचौलियाको सेटिङमा बनेको सरकार बिचौलियाकै लागि काम गरिरहेको छ । यहाँ श्रमिकको बेहाल छ, तलब, सेवासुविधाहरु थोरै छ । यसरी घरपरिवार कसरी चलाउँने भन्ने चिन्ता यो सरकारलाई छैन् । हामीले श्रमिकको तलब, सेवासुविधा बढाउँ भन्दा सरकारले त बिचौलियाको सेवा गर्नमा व्यस्त छ’ थापाले भने ।आम ट्रेड युनियन फेडरेसनका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेशका इन्चार्ज हरि थापाको अध्यक्षतामा भएको सो भेलामा आजपा गण्डकी प्रदेशका अध्यक्ष भोजराज त्रिपाठी, फेडरेसनका केन्द्रीय अध्यक्ष शिवकुमार थापा, आजपा स्थायी कमिटीका सदस्य एवं गण्डकी प्रदेशका उपाध्यक्ष सन्तोष साह लगायतको विशेष सहभागिता रहेको थियो ।भेलाले आउँदो १९ माघ मा पोखरमा हुने भ्रष्टाचार बिरुद्धको बिशेष भेला एवं जनप्रदर्शनमा भव्यरुपमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा हुने भ्रष्टाचार बिरुद्धको पोखरा भेला एवं जनप्रदर्शनको तयारी तिब्र रुपमा भईरहेको आजपा गण्डकी प्रदेशका अध्यक्ष भोजराज त्रिपाठीले जनाएका छन् ।आजपाले भ्रष्टाचार बिरुद्धको जागरण अभियान मधेस प्रदेशमा हालै सम्पन्न गरेको छ । वीरगन्जमा आजपाले हालै भ्रष्टाचार बिरुद्ध खबरदारी सभा गरेको छ । त्यस्तै काठमाडौंमा सरकारको मनोमानी कर आतंक बिरुद्ध भेला एवं प्रदर्शन सम्पन्न गरेको आजपाले पोखरा सहित देशका प्रमुख शहरहरुमा भ्रष्टाचार बिरुद्ध प्रदर्शन एवं खबरदारी सभाको आयोजना गर्दैछ ।पोखरामा सम्पन्न फेडरेसनको गण्डकी प्रदेश भेलाबाट हरि थापाको अध्यक्षतामा ५५ सदस्यीय प्रदेश कमिटी गठन भएको फेडरेसनका केन्द्रीय अध्यक्ष शिवकुमार थापाले जनाएका छन् । कमिटीको उपाध्यक्षमा लक्ष्मी लामा, सचिवमा अवीन बस्नेत, सहसचिवमा ज्योति शेर्पा, कोषाध्यक्षमा लक्ष्मी घले रहेका छन् ।यसैगरी सदस्यहरुमा एलिसा परियार, सुरज परियार, पूर्ण गुरुङ, गौतम नेपाली, कविराज खत्री, नविन बस्नेत, पेम्बा शेर्पा, नानी परियार, गौउकासी घले, अनुराग रानाभाट, माया राई, रितु राई, ईन्द्रजित गुरुङ, जस्मिन शेर्पा, सबिना रानाभाट, सुनिता परियार, रेनु थापा, शान्ता थापा, कुमारी गुरुङ, गंगा श्रेष्ठ लगायतका रहेका छन् ।