काठमाडौं । अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक र नैतिक योग्यतामाथि प्रश्न उठेको टिप्पणी गरेकी छिन् ।अखिल (क्रान्तकारी) हिमालय इन्जिनियरिङ कलेजद्वारा आयोजित अन्तर कलेज बास्केटबल प्रतियोगितालाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष सिंहले यस्तो टिप्पणी गरेकी हुन् ।सरकार बेरोजगारीको समस्या हल गर्न असफल भएको भन्दै उनले प्राविधिक जनशक्तिलाई मुलुकभित्रै खपत गर्ने वातावरण बनाउन आवश्यक रहेको बताइन् ।उनले अगाडि भनिन्,‘नैतिक र शैक्षिक रूपमासमेत अयोग्यहरू गभर्नर बन्ने देशमा दक्ष इन्जिनियरहरू रुँदै विदेशिन बाध्य हुनु परेको छ ।’अखिल (क्रान्तिकारी) उपाध्यक्ष जीपी मैनाली, क्षितिज सापकोटा तथा सचिवद्वय प्रसुन कार्की, नारायण बडालका साथै संजीव रेग्मीले पनि सम्बोधन गरे ।कार्यक्रममा उपत्यकाका विभिन्न इन्जिनियरिङ कलेजका २८ वटा समुह सहभागी थिए ।