काठमाडौं – केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण फाल्गुन ११ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ ।राष्ट्रिय युवा संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको केपी ओली कप फागुन ११ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुने जानकारी दिएको हो ।प्रतियोगीतामा ए डिभिजन, विदेशीसहित १० टोलीको सहभागिता रहने युवा संघले जनाएको छ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने युवा संघका अध्यक्ष क्षितिज थेवेले जानकारी दिनुभयो ।प्रतियोगिताको क्वाटरफाईनलसम्मका खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा तथा सेमिफाइनल र फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हुने उहाले बताउनुभयो । फुटबल जगतलाई ऊर्जा दिनका लागि निरन्तर रुपमा केपी ओली कप फुटबल आयोजना गरिरहेको अध्यक्ष थेवेले जानकारी दिनुभयो । .प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट उदीयमान खेलाडीले समान रु ५० हजार रुपैयाँ प्राप्त गर्ने युवा संघले जनाएको छ ।