
काठमाडौं ।अहिले देशभर स्थानीय वायुको प्रभाव छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशभरि बदलीको अवस्था छ।बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।बुधबार मंगलबारको तुलनामा केही कम पानी पर्ने बताइएको छ ।बिहानको तुलनामा भने दिउँसो पानी केही बढी पर्नेछ। दिउँसो सबैजसो पहाडी भूभागहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।तराईका एकदुई स्थानमा पनि वर्षाको सम्भावना छ।साथै उच्च पहाडी भूभागहरूमा हल्का हिमपातको पनि सम्भावना छ।काठमाडौंमा पनि बुधबार दिउँसो वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।




























