
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले अहिले देश अत्यन्तै जटिल भू–राजनीतिक अवस्थामा रहेको बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कांग्रेस–एमाले नेतृत्वको सरकारले बहुदलीय लोकतन्त्रलाई चुनौती दिँदै दुई दलीय शासन व्यवस्था अघि बढाउन खोजेको आरोप लगाएका हुन् ।
सरकारले साना दलहरुलाई समाप्त पार्ने, प्रतिस्पर्धी दलहरुलाई समाप्त पार्ने र अनेक किसिमका नियन्त्रणका तौर तरिका अपनाएर सिंगो देशमा तानाशाही लागू गर्ने कुचेष्टा गरिरहेको उनको भनाइ थियो । सरकारमा भएकाहरू आलोचकहरूको घाँटी निमोठ्न अग्रसर भइरहेको नेपालको आरोप छ ।
‘नेपालको राजनीतिमा क्रान्तिकारी धारको रक्षा गर्न र दक्षिणपन्थी अवसरवादविरुद्ध विद्रोह गर्यौं र त्यो विद्रोह जायज थियो भन्ने कुरा दिनदिनैका घटनाक्रमहरूले पुष्टि गरिरहेका छन्,’ उनले भने ।साथै उनले नेपालको राजनीतिमा क्रान्तिकारी धारको रक्षा गर्न र दक्षिणपन्थी अवसरवादविरुद्ध विद्रोह ग¥यौं र त्यो विद्रोह जायज थियो भन्ने कुरा दिन दिनैका घटनाक्रमहरूले पुष्टि गरिरहेको समेत बताए । अध्यक्ष नेपालले एकीकृत समाजवादीले कुनै पार्टीसँग एकता गर्ने भनेर चलाइएको हल्ला निराधार रहेको जिकिर गरे ।नेपालले एकीकृत समाजवादी पार्टीलाई नै बलियो बनाउने गरी अगाडि बढ्नुपर्ने बताए ।



























