काठमाडौं– नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ।
नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्टले २१ सय ४० मत ल्याएका छन्। उनलाई राप्रपाका नन्दलाल वैश्यले पछ्याइरहेका छन्। त्यस्तै, नेकपा एमालेका पशुपतिदयाल मिश्रले ९ सय ६८ मत पाएका छन्।
२०७४ सालको स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबराले मेयर पद जितेका थिए।
त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट उठेका जसपाका कमरुद्दिन राईले अग्रता लिएका छन्। उनले १४ सय ४२ मत पाएका छन् भने राप्रपाकी विन्दुचर्चि मगरले १ हजार ८४ मत प्राप्त गरेकी छन्।नेकपा एमालेकी उम्मेदवार शान्तिदेवी ढकालले ८ सय ८४ मत प्राप्त गरेकी छन्।