काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३३ औं गृष्मकालिन पेरिस ओलम्पिकमा सहभागी हुन जान लागेका नेपाली खेलाडीहरूलाई सफलताको शुभकामना दिएका छन् ।शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले खेलाडीहरुलाई शुभकामनासहित विदाइ गरेका हुन् ।पेरिस ओलम्पिक खेल्ने ७ मध्य टेबलटेनिसका स्यान्टु श्रेष्ठ, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा देश बाहिर हुँदा विदाई कार्यक्रममा सहभागी थिएनन् । एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र ब्याडमिन्टनका प्रिन्स दाहाल बिदाइ कार्यक्रममा सहभागी थिए ।