
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आफ्नो सय दिनको कार्यविवरण सार्वजनिक गरेका छन् । बुधबार आफ्नो कार्यकालको एक सय दिन पूरा गरेको अवसरमा एक कार्यक्रम आयोजना गरि आफ्नो कार्यविवरण सार्वजनिक गरेका हुन् ।
ऊर्जासँगै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका छन् । उनले आफ्नो उपलब्धिमा मेलम्चीको पानी काठमाडौं ल्याउन भएको अवरोध हटाएको तातोपानी–कोदारी सडक खुलाएर उत्तरी छिमेकी चीनसँगको नाका पुनः सञ्चालन गरिएकोलगायतका काम समेटेका छन् ।‘अहिले उद्योगहरूले प्रयोग गरेको प्रिमियम महसुल सबैले तिर्न थालेका छन् । हाम्रो नेतृत्वमा प्रकृतिजन्य विपद् आउनु अगावै जल तथा मौसम पूर्वानुमान महाशाखासँगको समन्वयमा सरकारले तदारुकता देखाउँदा कम क्षति भएको अवगत नै छ । उनले थपे, उत्तरतर्फका भन्सार ठप्प हुँदा फिल्डमै पुगेर तातोपानी नाकासम्मको आवतजावत सहज बनाइयो । बञ्चरेडाडा ल्याडफिल्ड, मेलम्ची खानेपानी आयोजनामा स्थानीयबाट आएको समस्या हल गरियो ।’
मर्मत सुधार तथा विस्तार भइरहेका देशका ठुला सडक समयमै सम्पन्न गर्न र रुग्ण पारिएका आयोजना तोड्ने हिम्मत समेत आफूले देखाएको उनले भने ।रणनीतिक महत्त्वको एक हजार दुई सय मेगावाटको बूढीगण्डकी र एक हजार ६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनालाई स्वदेशी लगानीमै निर्माण गर्ने गरी वित्तीय ढाँचा तयार पारेर सहमतिका लागि अर्थ मन्त्रालय पठाइएको उहाँले जानकारी दिनुभयो ।यस्तै डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता महसुल उठाउने विषयमा रहेको राजनीतिक हस्तक्षेप र अन्योल अन्त्य गरिएको मन्त्री घिसिङको दाबी छ ।परिसरमा प्रशासनिक काम सकेर दस्तुरहिजो देखि अफिसमा बिदा लिएर बल्खु धाएको छु । अनलाइनबाटै सबै काम हुनेभए दाजुले अछामबाट नै यो काम गर्नुहुन्थ्यो । देशकै पुरानो विश्व विद्यालयले डिजिटल युगमा समेत आफूलाई समयानुकूल ढाल्न नसक्नु निकै लज्जाको विषय रहेको उनको आरोप छ ।




























