
काठमाडौं । आज अङ्ग्रेजी नयाँवर्ष २०२६ को पहिलो दिन ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदैछ । विश्वव्यापीकरणको प्रभावले अंग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको भन्दै ०७० सालदेखि केही युवाहरुले नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि यो दिवस मनाउन सुरु गरेका थिए ।




























