
काठमाडौं।तराईका क्षेत्रमा आज बिहानैदेखि हुस्सु र कुहिरो लागिरहेको छ ।जल तथा मौसम विज्ञान विभागले घाम लागेपछि दिउँसो हुस्सु र कुहिरो हट्ने बताएको छ ।विभागका अनुसार दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ । कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।विभागले राति तराई भूभागका केही स्थानमा हुस्सु रहने जनाएको छ । कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ ।बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले बताएको छ ।




























