
काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो २५ दशमलव ६३ अंकले ओरालो लागेको बजार परिसुचक नेप्से साताको दोस्रो कारोबार दिन सोमबार पुन ३१ दशमलव ४९ अंकले ओरालो लागेर दुई हजार ९८ दशमलव ६९ बिन्दुमा खुम्चिएको छ ।क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ८४ अंकले ओरालो लागेर तीन सय ८१ दशमलव ३६ बिन्दुमा खुम्चिएको छ ।धितोपत्र बजारमा आज तीन सय सात वटा कम्पनीहरुको एक लाख ५० हजार पाँच सय ४३ पटक सेयर किनबेच भएको छ । जसबाट एक करोड ८० लाख ४३ हजार दुई सय ४४ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब ३६ करोड ६० लाख ७० हजार तीन रुपैंयाँ कायम भएको छ ।धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबारमा ट्रेडिङ उपसमुहको सुचक उकालो लागेपनि बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।




























