
काठमाडौं, ३ माघ ।सांसद प्रत्यासी, समाजसेवी एवं विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरु आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा आजपाको ‘मोवाइल’ चुनाव चिन्हबाट उनीहरु निर्वाचनमा सहभागि हुदैछन ।काठमाडौंको कोटेश्वर स्थित आजपाको केन्द्रीय कार्यालयमा आज एक कार्यक्रमका बीच उनीहरुलाई पार्टी अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पार्टीमा स्वागत गरेका छन् । पार्टी प्रवेश गराउदै उनले एकजुट भएर निर्वाचनमा होमिन आग्रह समेत गरेका छन् ।विगत तीन दशकदेखि वामपन्थी राजनीतिमा सक्रिय रहँदै आएका सुनसरी निर्वाचन क्षेत्र नं. १ का लोकप्रिय व्यक्तित्व तथा जागरण स्वतन्त्र मञ्चका संयोजक खगेन्द्र श्रेष्ठ र सुनसरीबाट सांसद पदका प्रत्यासी तथा लोकप्रिय युवा नेता निरञ्जन ठाकुरले आजपामा प्रवेश गरेका हुन् ।यसैगरी, काठमाडौंबाट सांसद पदका प्रत्यासी, रेक्स ईन्टरटेनमेन्टका अध्यक्ष तथा पूर्व राष्ट्र सेवक नेपाली सेनाका सुवेदार खगेश रञ्जितले समेत आजपामा प्रवेश गरेका छन् । हालै विभिन्न राजनीतिक दलहरुका साथै विभिन्न संघसंगठनसंग समेत आजपाले पार्टी एकीकरण गर्दैै २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा सहभागि हुदैछ ।




























