
काठमाडौं, २३ माघ आम जनता पार्टी (आजपा)का नेता एवं रौतहट क्षेत्र नं. ४ का उम्मेदवा ऋषि धमलाले चुनावी प्रचारप्रसारको क्रममा वृन्दावन नगरपालिका–४ मा भेटिएका सिकिस्त विरामी महादेव महराको उद्धार गरी वीर अस्पतालमा उपचार गराएका छन् ।
चुनावी घरदैलोको क्रममा वृन्दावन नगरपालिकामा पुग्दा एक गाउँमा सिकिस्त विरामी र परिवारको रोदन सुनेपछि धमलाले तुरुन्तै आफ्नो निजी पहलमा वीर अस्पतालमा उपचारको व्यवस्था मिलाएका छन् । अहिले ती विरामीको उपचारको लागि उनकी पत्नी केतारी देवी महरा र र छोरा बालकुमार महरा पनि वीर अस्पतालमा छन् ।उनीहरुले आफूहरु मजदुरी गरेर पेट पाल्ने परिवारको मान्छे भएको कारण उपचार गराउन नसकी घरमै बसेको अवस्थामा धमला भेटिएको र तुरुन्तै उपचारको लागि पहल गरिदिएको भनेर खुशी व्यक्त गरेका छन् । सञ्चारकर्मीसंगको कुराकानीमा बुवाको अवस्था विजोग रहेको देखेपछि धमलाले आफूहरुलाई पहल गरेर काठमाडौंको वीर अस्पतालमा ल्याएको र अहिले बुवाको उपचार सुरु भैसकेको प्रतिक्रिया दिए ।उनकाअनुसार विगत ७ महिनादेखि बुवाको स्वास्थ्योपचारमा लागिपरेको र पाँच लाखजति खर्च भैसकेको थियो । पैसा नभएपछि बाध्य भएर बुवालाई घरकै आँगनमा राखिएको उनले सुनाए । उनले आफ्नो बुवाको उपचारको लागि पहल गरिदिएको र सबै बन्दोवस्ती गरिदिएको भन्दै धमलालाई भगवान नै मानेको पनि बताए ।अहिलेको सिस्टम सुधार, भ्रष्टाचार, कुशासन, अनियमितताको अन्त्यका लागि आफूले आजपाबाट उम्मेदवारी दिएको बताउदै धमलाले खानेपानी, गुणस्तरीय शिक्षा, रोजगारीका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आजपाले विगतदेखी नै सुकुम्बासी समस्या, खानेपानी समस्या, रोजागारी समस्या, मनोमानी कर आतंक बिरुद्ध संघर्ष गर्दै आएको बताउदै यि समस्याहरुको समाधान आफूहरुले नै गर्ने धमलाले जनाएका छन् ।




























