
काठमाडौँ।संघीय संसद्अन्तर्गत दुवै सदनको चालु अधिवेशन शुक्रबार (चैत २७) राति १२ बजेबाट अन्त्य हुँदै छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गर्ने भएका हुन् ।“राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/१२/२४ को सिफारिसमा संवत् २०८२ चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयले जनाएको छ ।




























