
काठमाडौँ । प्रतिनिधि सभाको बैठक बुधबार बस्ने भएको छ ।मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने निर्णय गरेको हो ।बुधबारको बैठकमा भोटेकोशी बाढीपछि उत्पन्न विपद्का विषयमा सभामुख डोलप्रसाद अर्यालले विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । उक्त प्रस्तावमाथि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरूले धारणा राख्नेछन् ।यसअघि भदौ १० गते भोटेकोशी नदीमा बाढी आएको दिन पनि प्रतिनिधि सभाको बैठक बसेको थियो ।




























