काठमाडौं । सेनेटरी प्याडमा ९० प्रतिशत छुट दिने सरकारको नीतिप्रति सेनेटरी प्याड उत्पादक कम्पनीले असन्तुष्टि प्रकट गरेका छन् ।बुधबार विराटनगरमा एक कार्यक्रम गरी सेनेटरी उत्पादक कम्पनीहरूले सरकारले लिएको नीतिप्रति आफ्नो असन्तुष्टि प्रकट गरेका हुन् ।सरकारले आगामी वर्ष २०७९र०८०को बजेटमा सेनेटरी प्याडमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुलमा ९० प्रतिशत कटौती तथा १।५ प्रतिशत कायम गरी विदेशबाट कच्चापदार्थ आयात गरी नेपालमै सेनेटरी प्याड उत्पादन गर्ने उद्योगीले ७ प्रतिशत भन्दा सर महसुल तिर्नुपर्ने भएकाले नेपालमा उत्पादन गर्न नसकिने उनीहरूको भनाइ छ ।‘स्वदेशमा उत्पादन गर्ने भन्दा आयात गरेर बिक्री गर्दा सस्तो पर्छ,’ उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले भने, ‘सरकारको नीतिले उद्योगको भविष्य अन्योलमा परेको छ ।’