रुपन्देही । ईम्बोस्ड नम्बर प्लेटविरुद्ध प्राज्ञिक विद्यार्थी परिषद् नेपाल बुटवल उपमहानगर इकाईले दबाबमुलक र्याली प्रदर्शन गरेको छ । ‘नम्बर प्लेटहरुमा देवनागरी लिपि लागु गर’ भन्ने मुल नाराका साथ आज बुटवलमा विरोध प्रदर्शन गरेको हो ।
देवनागरी लिपिरहितको इम्बोस्ड नम्बर प्लेट लागू गर्ने असंवैधानिक, अव्यावहारिक र राष्ट्रहित विपरीत निर्णयको विरोध एबं दबावमुलक र्याली प्रदर्शन गरिएको परिषदले जनाएको छ। परिषद् यातायात विभागले गरेको निर्णय नसच्याए आन्दोलन जारी रहने चेतावनी समेत दिएको छ ।उक्त कार्यक्रममा राष्ट्रिय सचिव एंव लुम्बिनी, कर्णाली प्रदेश संगठन सचिव बाबुराम मरासिनी, राष्ट्रिय कला तथा साहित्य कार्य प्रमुख बद्री प्रसाद भट्टराई लगायत कार्यकर्ताको उपस्थिती रहेको थियो । सभाको सञ्चालन आकृति कंण्डेलले गरेकी थिईन् ।विरोध प्रदर्शनमा 'नम्बर प्लेटहरूमा देवनागरी लिपि लागु गर', 'राष्ट्रिय भाषाको सम्मान गर', 'राष्ट्र राष्ट्रियता कायम गर', 'भष्ट्राचारी सावधान, जागेकाछन् नवजवान', 'नेपाली भाषा माथिको प्रहार बन्द गर', 'हाम्रो भाषा हाम्रो देश प्राण भन्दा प्यारो छ', 'विद्यार्थी शक्ति, राष्ट्र शक्ति'लगायतका नारा लगाएका थिए ।