काठमाडौं । एमालेका नेता डा. भीम रावलले कालापानी, लिपु लेक र लिम्पियाधुराको विषयम भारतीय सरकारसँग बोल्न नसकेको आरोप लगाएका छन् ।
आर्थिक वर्ष २०७९÷८० को विनियोजित बजेटबारे बिहीबार संसदमा सम्बोधन गर्दै नेता रावलले अधिग्रहण भूमि फिर्ता ल्याउन सरकार डराएको बताएका हुन् ।‘कालापानी क्षेत्र भारतीय अतिक्रमणमा छ । सरकार चुईंक पनि बोल्दैन’, रावलले रक्षामन्त्री तथा प्रधानमन्त्री देउवातर्फ प्रश्न तेर्साउँदै भने, ‘जनताबाट निर्वाचित प्रधानमन्त्री यसै गरी थरथर कामेर राष्ट्रिय स्वाधिनताको रक्षा हुन्छ ? म सुन्छु अमेरिकाका सेना आउँदै छन् रे । यहाँका सेना अमेरिका जाँदै छन् रे । यो के हुँदै छ रक्षामन्त्रीज्यू ?संसदबाट एमसिसी पास भएपछि भित्रि रूपमा सबै ताँजोपाँजो मिलाउँदै गरेको भन्दै रावलले नेपाली सेनाका प्रवक्ताको कुराले सबैलाई झस्काएको बताए ।