ओमप्रकाश खरेलसत्रौं शताब्दीको शुरुवाततिर नै इंग्ल्याण्डका आम मानिसहरुमा आफ्नो अधिकारको चेतना जागृत भएको थियो । तिनीहरुले सरकारमा आफ्नो संलग्नता बारे माग राख्न थालेका थिए । सन् १२१५ को म्याग्नाकार्टा सँगै इंग्ल्याण्डले संसदीय प्रणाली तर्फ पहिलो कदम चालेको थियो । उक्त कदम कुलीन वर्ग र चर्चका पदाधिकारीहरुको प्रयासमा भएको थियो, जसले दैवी शक्तिको सिद्धान्तमा आधारित राजाको शासन र निरंकुश प्रवृत्ति विरुद्ध खतरनाक मुक्का प्रहार गरेको थियो । तर क्रमवेलको नेतृत्वमा भएको अंग्रेज क्रान्तिले राजतन्त्रलाई समाप्त मात्र पारेन बरु जनताको सरकार पनि स्थापना गरिछाड्यो । यो धार्मिक असहिष्णुताको युग थियो । एकातिर सुधार चाहने जनताहरु थिए भने अर्कोतिर, स्थापित भइसकेको प्रणालीप्रति समर्थन गर्नेहरु पनि थिए । किसानहरु स्वतन्त्रताको झण्डा फहराउनको लागि सडकमा उत्रेका थिए । तथापि क्रमवेलको नेतृत्वमा भएको उक्त क्रान्ति अन्ततः सैन्य स्वेच्छाचारितामा परिणत भयो, यद्यपि यसले प्रजातन्त्र र संसदीय प्रणालीको लागि बीज रोप्यो ।[caption id="attachment_3564" align="alignnone" width="200"] ओमप्रकाश खरेल[/caption]सत्रौं शताब्दी आकस्मिक परिवर्तनको शताब्दीको थियो । एक प्रकारको क्रान्तिकारी विचारधाराले मानिसमा जरा गाड्दै थियो । नयाँनयाँ विचारहरु मानिएका मस्तिष्क आउन थालेका थिए । वैज्ञानिक खोज, प्राविधिक दक्षता र यान्त्रिक आविस्कारले मानिसको जीवन र विचारधारालाई परिवर्तन गर्न थालेका थिए । कपर्निकस, डिकार्टेस र ग्यालिलियोहरुका विचारले नयाँ शक्ति र तथ्य तर्फ संकेत गर्न थालेका थिए । त्यसपछि मानिसहरु धार्मिक सहिष्णुता र बौद्धिक स्वतन्त्रतातर्फ ध्यान दिन थालेका थिए । त्यसबेला इंग्ल्याण्डका जनताहरुको विचार दुई भागमा विभाजित थिए । तिनीहरु चर्चको प्रधानता, राजा र स्थापित सामाजिक प्रणालीको पक्षधर थिए भने अर्को प्रकारका मानिसहरु धार्मिक सहिष्णुता र बौद्धिक स्वतन्त्रताको वकालत गर्दथे । तिनीहरु राजा र चर्चले हरेक व्यक्तिको जीवनप्रति जमाएको निरंकुश अधिकारप्रति प्रश्न गर्ने गर्दथे ।
यहाँ तत्कालीन समयमा चर्च, राजा र संसद् बीच भएको संघर्षको चर्चा गर्नु सान्दर्भिक नै ठानेको छु । ट्युडोर राजाहरुको पालामा नै चर्चाको सुधार र शासकहरुको सर्वोच्चताले एउटा आकार लिइसकेको थियो । राजा हेनरी आठौं आफ्नी श्रीमती क्याथरीनसँग सम्बन्धविच्छेद गरी एनीबोलिनसँग विवाह गर्न चाहन्थे, जसले पोप र कार्डिनल उल्सेलाई चिन्तित र निराश तुल्यायो । राजालाई पनि चर्चका अधिकारीहरुको विचार मन परेन र उनले उल्सेलाई पदमुक्त गरे र संरक्षक अनि चर्चको प्रमुखको उपाधि आफैंले लिए । यो पोप विरुद्धको संघर्षले राजनैतिक रङ्ग धारण गरेको थियो । त्यसैबेला इंग्ल्याण्ड र स्कटल्यान्ड स्टुअर्ट सदनको नेतृत्वमा एकीकृत भए र त्यसैबेला स्कटल्यान्डका जेम्स छैटौंले इंग्ल्याण्डको राजगद्दीमा १६०३ मा जेम्स प्रथमको नामबाट गद्दी आरोहण गरे । बिस्तारै–बिस्तारै निरंकुश राजतन्त्र चाहने राजा र संसद्को माध्यमबाट शासन चलाउन पाउनुपर्ने पक्षधर कुलीन तथा व्यापारी बीचको संघर्षले भिडन्तको आकार लियो ।
यी दुई शक्तिहरुका बीचमा लगातार संघर्षहरु हुन थाले । डिसेम्बर १८, १६२१ मा राजा विरोधी मत राख्नेहरुले घोषणा गरे,
“स्वतन्त्रता, मताधिकार र संसद्ले दिने समान न्याय प्राचीन र निःसन्देह मानिसका जन्मसिद्ध अधिकार हुन् र इंग्ल्याण्ड भूमिको पहिचान ।”
चाल्र्स प्रथम यस प्रकारको असमझदारी र संघर्षको परिस्थितिमा १६२५ मा राजा भएका थिए । उनको संसद्सँग लगातार संघर्ष भइरह्यो ।
संसद्वादीहरुको सैनिकलाई ओलिभर क्रमवेलले नेतृत्व गरेका थिए । यतातर्फ प्रायजसो किसानका छोराहरु सैन्यमा थिए । अन्ततः शाही सैनिकहरु संसद्वादीसँग पराजित भए र राजा चाल्र्स प्रथम गिरफ्तार भए । उनी अदालतमा पु¥याइए र मृत्युदण्डको सजाय उनले अदालतबाट पाए । जनवरी ३०, १६४९ मा उनलाई मृत्युदण्ड दिइयो । तर त्यहाँ राजतन्त्रको अन्त्य धेरै छोटो समयको लागिमात्र भयो । राजतन्त्र पछि पुनस्र्थापित भयो । तर यथार्थमा यो क्रान्तिले त्यहाँको समाजमा सहिष्णुता छोड्यो र अंग्रेज समाज अब महिला अधिकार र दास प्रथा नरुचाउने बन्न थालेको थियो । यो क्रान्तिले भावी विचार र अभ्यासको जग बसालेको थियो ।
तत्कालीन फ्रान्समा भइरहेका घटनाहरु पनि १६२८ देखि ५८ सम्म ब्रिटेनमा हुने सामाजिक र राजनैतिक परिवर्तनहरुका लागि जिम्मेवार थिए । त्यस समयमा फ्रान्सका जनताहरुले राजाको निरंकुश सर्वोच्चतालाई आफ्नो सामाजिक र आर्थिक जीवनमा अपनाएका थिए । इंग्ल्याण्डको धरातलीय यथार्थलाई नबुझिकन त्यहाँका राजाले फ्रान्सको जस्तै शासन आफ्ना जनताहरुमाथि थोपर्न खोजेका थिए । तर ब्रिटिश समाज राजाका त्यस्ता गतिविधिहरु पचाउनको लागि तयार थिएन । तर आफ्नो शासन थोपर्नको लागि राजा चाल्र्सले संसद् बैठक बोलाएर लगत्तै त्यसलाई भङ्ग पनि गरे आफ्नै इच्छामा । मार्च, १६२८ देखि मार्च १६२९ सम्मको तेस्रो संसद्ले आफ्नो स्वीकृतिबिना कुनै पनि प्रकारका करहरु लगाउन नपाउने पिटिसन राइट पारित ग¥यो साथै यो पनि भनियो कि राज्यका सैनिकहरु निजी घरहरुमा राख्न नपाइने र कसैलाई पनि बिनाकुनै कारण गिरफ्तार गर्न नपाइने ।
तर उक्त प्रार्थनापत्रको सम्बन्धमा चाल्र्सले पूरै बेवास्ता गरे । बरु उनले संसद् विघटन गरे र संसद्बिना नै सन् १६२९ देखि १६४० सम्म एकलौटी शासन गरे । यसरी राजतन्त्र पूरै निरंकुश बन्दै गयो । राजाका सल्लाहकारहरुमा क्यान्टरबरीका आर्कविसप विलियम लौड र अर्ल अफ स्ट्राफोर्ड थोमस वेन्टवर्थ थिए । तर स्ट्राफोर्डको नीतिले झनै राजालाई जनताबाट टाढाटाढा पो बनाइदियो । उनले फ्रान्सको उदाहरण दिंदै धेरै घृणात्मक करहरु लागू गर्ने प्रयास गरे । यस्तो करले अगाडि आगोमा घीउ छर्कने काम ग¥यो । अब जनताको घृणा त्यहाँका राजा चाल्र्स प्रथमप्रति केन्द्रित भयो ।
अर्को विस्फोटक घटना धर्मको सम्बन्धमा भयो । क्यान्टरबरीका आर्क विसप विलियम लौडले चर्चमा सर्वसाधारणको प्रार्थना विरुद्ध स्वेच्छाचारी परिवर्तन गरे । उक्त व्यवस्थालाई चाल्र्सले कार्यान्वयन गरिहाले । जून २३, १६३७ मा लौडको त्यस्तो सिफारिस इडिनवर्गको सेन्ट गाइल्स चर्चमा कार्यान्वयन गरियो । यस्तो निर्णयले कन्जरभेटिभ धारका जनताहरु रिसाइहाले । एक महिलाले त आर्कविसपलाई कुर्सीले हिर्काइन् । इडिनवर्गका जनताहरु किल्लाको पर्खालमा भेला भए र संसद् अधिवेशनको लागि भन्दै हस्ताक्षर संकलन गर्न थाले । तिनीहरुले आफूले धार्मिक नियमहरुमा सुधार चाहेको भन्ने नारा लगाएर कतिले त आफ्नो औंलाको रगतले हस्ताक्षर पनि गरे । उक्त घटनाले राजनैतिक नियन्त्रणको लागि हिंसात्मक रुप धारण गर्न थालेपछि चाल्र्स संसद् बोलाउनको लागि बाध्य भए । यो संसद् धेरै कम समय अप्रिल १३ देखि मे ५, १६४० सम्म चल्यो । चाल्र्सले त्यसपछि अर्को संसद् बोलाए किनकि उनी केही आर्थिक ऐनहरु पारित गराउन चाहन्थे । यो संसद्लाई लामो संसद् भनेर चिनिन्छ जसले १६४० देखि १६६० सम्म काम गरेको थियो ।
स्ट्राफोर्ड र लौडलाई गम्भीर अपराधको अभियोग लगाइयो । परिणामस्वरुप संसद्ले अपराधसँग सम्बन्धित एउटा ऐन पारित ग¥यो जसमा कमन्स् र लर्डस् दुवै सदनको स्वीकृति थियो । अर्ल अफ स्ट्राफोर्डलाई मृत्युदण्ड दिइयो । संसद्ले अनिवार्य रुपमा हरेक तीन वर्षमा संसद् अधिवेशन बस्नै पर्ने ऐन पनि पारित ग¥यो । संसद् आफ्नै स्वीकृतिबिना भङ्ग हुन नसक्ने ऐनमा त राजा चाल्र्स पनि हस्ताक्षर गर्न बाध्य भए । संसद्मा राजा विरोधीहरुले राजतन्त्र विरुद्धमा बोले । दुई वर्षपछि चाल्र्सले पुनः आफ्नो सत्ता प्राप्त गर्ने प्रयास गरे । उनले आफू विरोधी सबै नेताहरुलाई गिरफ्तार गर्ने आदेश दिए । तर उनी त्यसो गर्न असफल भए । उनका विरोधी सांसदहरु लन्डनमा शरणार्थी बने । चाल्र्सले लन्डनमा हमला गर्ने निर्णय गरे र नोटिङ्घम तर्फ प्रस्थान गरे । यस्तो कार्यले देशलाई लामो गृहयुद्धतर्फ धकेल्यो । ओलिभर क्रमवेलले क्याम्ब्रिजमा संसद् चलाए । उनी राजा र चर्चको रुढिवादी संस्कारका विरोधीहरुभन्दा अत्यधिक चर्चित भए । तर उनीहरु बाइबलको पवित्रतामाथि भने विश्वास गर्दथे । १६४१ मा संसद्मा धेरै चर्को छलफलहरु भए । राजाको स्थिति र संसद्को अधिकारहरुको सम्बन्धमा पनि छलफलहरु भए । रक्तपातलाई जोड दिइएन । डिसेम्बर १६४१ मा संसद्ले राजालाई बाधकको रुपमा हे¥यो । राजा चाल्र्सले संसद्को उक्त कार्यलाई आफ्नो सत्तामाथिको चेतावनी ठाने । त्यसपछि उनी ह्वाइट हल छोडेर संघर्षको लागि सैन्य व्यवस्थापनमा लागे । क्रमवेलले ५०० पाउन्ड संसद्को सुरक्षाको लागि दान दिए र आफ्नो सैन्य बनाउन क्याम्ब्रिज लागे । उनका योद्धाहरुलाई आइरन साइड्स् भनेर चिनिन्थ्यो । यद्यपि आइरन साइड्स्को अगाडि शाही घोडसवारहरु शक्तिशाली थिए ।
आइरन साइड्स्हरु संसद्वादीको मातहतमा युद्ध गर्दथे । तिनीहरुले भयानक बहादुरिता र अनुशासन देखाए । क्रमवेल एक साधारण किसान भए पनि उनले घोडसवारको नेतृत्व गर्दै आफ्नो प्रखर नेतृत्व क्षमता र गुणहरु देखाए । उनका सैनिकहरु आफूलाई बाइबलको युद्ध गरिरहेको ठान्दथे । तिनीहरुलाई पवित्र बाइबलमा लेखिएको सामाजिक स्वतन्त्रताको बारेमा भाषण दिइन्थ्यो । राजकुमार रुपर्टले इडगेहिलको युद्धमा शाही सैनिकको नेतृत्व गरेका थिए । १६४२ मा भएको यो युद्धपछि राजा लन्डन जान बाध्य भए । केही स्थानहरुमा पराजित भएपछि क्रमवेलले ती युद्धहरुबाट ठूलो पाठ सिके र मार्सटनको युद्धमा उनीहरुले शाही सैनिकलाई पराजित गरे । क्रमवेल र उनको घोडसवार सैनिकले यो विजयमा ज्यानको बाजी लगाएर आफ्नो बहादुरिता देखाए । १६४५ सम्ममा क्रमवेल, फेयर फाक्स र इर्टनको प्रबल नेतृत्वमा यो सैनिकले विजयका श्रृङ्खलाहरु नै पायो ।
त्यसपछि आउने तीन वर्षसम्म त्रिपक्षीय भिडन्तहरु हुन थाले । ती भिडन्तहरु राजा, संसद् र क्रमवेलका सैनिकको बीचमा भए । संसद्मा नेताहरुले बेढङ्ग र अर्थहीन चरित्र देखाए । धार्मिक सहिष्णुतामा आधारित भएको शासन सैनिकहरु चाहन्थे । त्यसैले सैनिकहरुले किसानहरुलाई आफ्नो संख्यामा सूचीकृत गराए । अन्ततः संसद्ले उक्त सैनिकलाई विघटन गर्ने घोषणा ग¥यो । तर तबसम्म सैनिकहरुले आफ्नो विघटन इन्कार गरे जबसम्म उनीहरुको पारिश्रमिक दिइँदैन । यस्तो परिस्थितिमा संसद्ले क्रमवेललाई समस्या समाधान गर्न पठायो ।
चतुर क्रमवेलले संसद्को कुरा सैनिकहरुलाई मनाउनुको सट्टा उनी आफैं सैनिकको पक्षमा लागे । सैनिक र संसद्को बीचमा भएको यो संघर्षले राजा चाल्र्सलाई पुनः आफ्नो टाउको उठाउने अवसर मिल्यो । तर उनले स्कटहरुसँग आत्मसमर्पण गर्नुप¥यो भने त्यसैबेला स्कटहरुले आफ्नो ४,००,००० पाउन्ड पाइसकेपछि राजा चाल्र्सलाई संसद् सामु सुम्पिए । त्यसपछि राजालाई होल्मस्बाई हाउसमा लगियो । जनरल फेयरफेक्स कमान्डर इन चीफमा नियुक्त भए । फेयरफेक्सले राजा चाल्र्सलाई सबै आवश्यक सुविधाहरु दिए । राजावादीहरुले त्यसै बेला वेल्समा विद्रोहको आवाज बोले तर क्रमवेलले त्यसलाई सजिलै दमन गरे । यो स्कटल्यान्ड र इंग्ल्याण्ड बीचमा, राजावादी र संसद्वादी राउन्डहेडस्को बीचमा स्पष्टरुपमा शुरु भएको दोस्रो गृहयुद्धको सूचक थियो । राजा चाल्र्सलाई उच्च अदालतमा उपस्थित गराइयो र अदालतले मृत्युदण्डको सजाय सुनायो । राजा चाल्र्सलाई ह्वाइटहलमा लगेर टाउको काटेर मृत्युदण्ड दिइयो ।
त्यस बेला भएका गृहयुद्धमा क्रमवेलका सैनिकहरुले आयरल्यान्ड र स्कटल्यान्डमा विजय पाए । सन् १६५० सम्ममा पूरै इंग्ल्याण्ड क्रमवेलको आशा र भरोसामा बाँच्न थाल्यो । चाल्र्स दोस्रोले पुनः त्यसबेला टाउको उठाउन थाले तर क्रमवेलले उक्त विद्रोहलाई पनि वर्सेस्टरमा सजिलै दबाए । अन्ततः संसद्ले सैनिकको अनुरोधलाई स्वीकार ग¥यो । क्रमवेललाई शासकको रुपमा स्वीकार गरियो । उनी इंग्ल्याण्ड, स्कटल्यान्ड र आयरल्यान्डको कमनवेल्थको सर्वेसर्वा भए । क्रमवेल र संसद्का बीचमा धार्मिक मामलामा एकै दृष्टिकोण बन्न सकेन । संसद् पुरातन संस्कार र मान्यतामा विश्वास राख्दथ्यो भने क्रमवेल मानव विचारको स्वतन्त्रताको वकालत गर्दथे । क्रमवेल पनि नागरिक सरकार बनोस् र संसद्ले कर लगाउने र कानुन बनाउने ऐन पारित गरोस् भन्ने चाहन्थे । कर्मचारीतन्त्रले कानुनी दायरामा काम गर्नुपर्ने उनको मान्यता थियो । तर संसद् त्यस बेला कानुन र करमा कुनै सुधार गर्न चाहँदैनथियो ।
अप्रिल १६५३ मा क्रमवेल आकस्मिक रुपले संसद्मा आफ्नो चाहना पूरा गर्नको लागि छिरे । उनले आफ्ना विरोधी सांसदहरुलाई भ्रष्ट, पतित र जँड्याहा भनेर गाली गरे । क्रमवेलको त्यो व्यवहारले उनका विरोधीहरु सदन बाहिर गए । संसद् भवनमा बाहिरबाट तालाबन्दी गरियो र त्यसलाई चलाइयो । क्रमवेलको यही व्यवहारपछि इंग्ल्याण्डमा क्रान्ति समाप्त भयो । क्रमवेल, जो गणतान्त्रिक सरकार स्थापना गर्न चाहन्थे, पछि गएर आफैं सैन्य स्वेच्छाचारी शासक भए । आफ्नो इच्छाअनुसार उनले आर्थिक ऐन र अरु कानुन बनाएर शासन गर्न थाले । प्रायजसो सबै परम्परागत मनोरञ्जनका साधनहरुमा रोक लगाइयो । क्रमवेलका यस्ता क्रियाकलापहरुले जनतामा भ्रम र अविश्वास पैदा भयो जसले राजतन्त्र पुनस्र्थापना हुने जग बसायो ।
क्रमवेलको १६५८ मा मृत्यु भयो । उनको उत्तराधिकारी रिचार्ड असक्षम भएपछि राजतन्त्रले फेरि ब्युँतने अवसर पायो । उनी क्रमवेलझैं राजनैतिक नेतृत्व नभएका व्यक्ति थिए । चाल्र्स दोस्रोलाई राजा बनाउने घोषणा गरियो र उनी मे २९, १६६० मा लन्डन प्रवेश गरे । इंग्ल्याण्डका जनताहरु पनि निरन्तरका युद्ध र अस्थिरताले दिक्क भइसकेका थिए । उनीहरु शान्तिपूर्वक बाँच्न चाहन्थे । अन्ततः क्रमवेलको क्रान्ति असफल भयो, तथापि उक्त क्रान्तिले इंग्ल्याण्डवासीहरुमा स्वतन्त्रताको स्वाद चखायो भने आफ्नो अधिकार बचाउनको लागि सजग पनि बनायो । बिस्तारै बिस्तारै जनताहरुमा आएको चेतना र ज्ञानले पश्चिमी शैलीको प्रजातन्त्र स्थापना गर्न सहयोग पु¥यायो जसले जनताद्वारा निर्वाचितले देशमा शासन चलाउने र राजा नाममात्रको राष्ट्रप्रमुख हुने प्रणाली स्थापित ग¥यो ।