काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले स्वतन्त्र चुनावी सरकार गठन गर्न माग गरेका छन्।प्रतिनिधिसभाको बैठकमा बोल्दै पाँच दलीय गठबन्धनको सरकारले निरन्तर गल्ती दोहोर्याइरहेको भन्दै चुनावी सरकार गठन गर्न माग गरेको हुन्।उनले भने, ‘संसदबाट बहुमतको बलमा एमसीसी पास गरियो। एमसिसीबाट पैसा आउने मात्रै होइन, यसका पछि अरू कुरा ताँती लागेर आउँदै रहेछन् भन्ने कुरा आउन थालेको छ। जनताले पनि भनेका थिए। अहिले यो एसपिपी आयो। अरू कुरा के-के आउँछन् देखिँदै जानेछन्।’उनले परराष्ट्र नीतिमा असन्तुलन हुने काम गर्ने छुट कसैलाई नभएको बताए। ‘सरकारलाई प्रजातन्त्रप्रति निष्पक्षयताप्रति विश्वास छ भने आम निर्वाचनको मिति घोषणा हुँदैछ। राप्रपामा माग गर्छ निर्वाचन स्वच्छ र धाँधलीरहित बनाउनलाई स्वतन्त्र चुनावी सरकारको गठन होस्’ लिङ्देनको प्रस्ताव छ।