एजेन्सी । बिहारको राजधानी पटनामा आइतबार विमानको आकस्मिक अवतरण गरिएको छ । विमानमा १८५ यात्रु सवार थिए । विमान पटनाबाट दिल्ली आउँदै थियो ।बिबिसी हिन्दीका अनुसार विमान स्पाइस जेटको थियो। उडान भर्ने क्रममा विमानको इन्जिनमा आगो लागेको जानकारी प्राप्त भएपछि विमानको आकस्मिक अवतरण गराइएको थियो ।पटनाका डीएमले विमानका सबै यात्रु सकुशल रहेको सञ्चारमाध्यमले बताएका छन् । विमानको देब्रे पखेटामा आगो लागेको हो । मानिसहरूले तलबाट विमानको इन्जिनमा आगो लागेको देखेका थिए ।
उनले अहिले विमानमा प्राविधिक गडबडीका कारण आगो लागेको हुन सक्ने जनाइएको छ । विमानबारे इन्जिनियरिङ टोलीले अनुसन्धान सुरु गरेको छ ।