काठमाडौं । काठमाडौं महानगरले दरबार हाइस्कुललाई राष्ट्रिय स्तरको नमुना विद्यालय बनाउने भएको छ।महानगर मेयर बालेन्द्र शाहले आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रममा नमूना विद्यालय बनाउने उल्लेख गरेका हुन्।महानगरको ११ औं नगर सभाको पहिलो बैठकमा मेयर बालेन्द्र शाहले सामुदायीक विद्यालयलाई प्राथमिकता राखेका छन्।
निजी विद्यालयको शुल्क वैज्ञानिक र व्यावहारिक बनाइने उल्लेख गरिएको छ।हाल ११ वटामा प्राविधिक अध्ययन भइरहेकोमा थप २ वटामा गरिने भएको छ। कक्षा ८ सम्मको नेपालभाषाका पाठ्यक्रमलाई निरन्तरता दिइने भएको छ।