काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटाइएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटाइएको छ ।आइतबार यातायात व्यवस्था विभागले सूचना जरी गर्दै अन्तरप्रदेश चल्ने यात्रीवाहक र मालवाहक सवारीसाधनको भाडादर घटाएको हो ।यात्रीवाहक सवारीमा ५.४१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले भाडा घटाइएको यातायात व्यवस्था विभागले जारी गरेकाे सूचनामा उल्लेख छ।https://drive.google.com/file/d/1fl2qW_0WHtcZjAnJhi0MQ5i66GnSUdSV/view