काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा पूर्णबहादुर खड्का मनोनीत भएका छन्।पार्टी सभापति शेरबहादुर देउवाले उपसभापतिसमेत रहेका खड्कालाई प्रतिष्ठानको प्रमुखको जिम्मेवारी दिएका हुन्।प्रतिष्ठानको प्रमुख उपसभापतिमध्येबाट हुने व्यवस्था छ। कांग्रेसमा खड्का र धनराज गुरूङ गरी दुई उपसभापति छन्।सभापति देउवाले महाधिवेशन भएको छ महिनापछि प्रतिष्ठानको प्रमुख तोकेका हुन्।कांग्रेसले गत मंसिरमा १४ औं महाधिवेशन गरेको थियो।