
काठमाडौं। नेकपा विभाजन हुनुअघि नै एकता अभियान चलाइरहेका वामदेव गौतमले नयाँ पार्टीको घोषणा गर्न लागेका छन्।मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर उनले नयाँ पार्टीको घोषणा गर्न लागेको प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए।एमाले पनि विभाजन भएपछि सुस्ताएको गौतमको अभियानलाई उनले केही दिनअघि भेला गरेर ब्युँत्याउने प्रयास गरेका थिए। भेलामा उनले प्रतिवेदन पनि पेश गरेका थिए।




























