
ललितपुर । सरकारले खुमलटारस्थित राष्ट्रिय बालीविज्ञान अनुसन्धान केन्द्रको फार्म परिसरमा १९औं रोपाइँ महोत्सव मनाएको छ ।‘धानबालीमा जैविकताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ आयोजना गरिएको मूल समारोहमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले मेसिनबाट धान रोपेर महोत्सव आरम्भ गरे ।चीनमा बनेको राइस ट्रान्सप्लाटर (धान रोप्ने मेसिन)मा बसेर मन्त्री यादवले १२ लाइन धान रोपे । एक पटकमा ६ लाइन रोपाइँ गर्ने उक्त मेसिनमा बसेर प्रविधिकको सहयोगमा मन्त्री यादवले दुई फन्को मारेका थिए । अरु रोपाहारले भने हातैले धान रोपे ।




























