काठमाडौं - उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले अब देशमा अनुभवी व्यक्तिको आवश्यकता भएपनि खराब व्यवस्थाका अनुभवी व्यक्ति भने नचाहिने बताए ।उनले भने,‘जसको जीवनभरिको अनुभव खराब व्यवस्था टिकाउन रह्यो, ब्यक्तिगत रुपमा कोही कुशल र असल भए होलान्, मूलतः खराब व्यवस्थाको सबै अवयवलाई टिकाउनको लागि भएको थियो ।’पुरानै व्यवस्था टिकाउन खोज्नेहरुलाई वैकल्पिक राजनैतिक दल भनेर मिडियामा प्रस्तुत गरिएको भन्दै उनले आपत्ति जनाए ।
अहिलेको व्यवस्था फाल्न आन्दोलनमा लागेका शक्तिहरुलाई अन्तर्राष्ट्रिय शक्ति लगाएर तुहाईएको उनको आरोप छ । उनले भने,‘उनीहरु पुरानो वंशवाद, पुरानै व्यवस्थामा जान चाहान्छन, सांसद किनबेच गर्ने, त्यही सांसदले संसद भत्काउने, त्यही व्यवस्था टिकाउन चाहान्छन् ।’
उनले नेपाली जनता यतिबेला चरम निराशा र आक्रोशमा रहेको समेत टिप्पणी गरे । त्यसमध्येमा पनि आक्रोसमा सबैभन्दा बढी स्वतन्त्र समूह रहेको बताए । आफुहरु सांसदले गर्न नसकेका देश अहितका कयौं विषयहरुको विरुद्ध लडेको उनले सुनाए ।राज्य व्यवस्थामा परिवर्तन ल्याउन अब बैकल्पिक शक्तिहरुको निर्माण हुन अत्यन्तै आवश्यक रहेको उनको भनाई थियो ।उनले नयाँ युगको नयाँ मागहरु उठाउन, जनताको अधिकार सुनिश्चित् गर्दै अगाडी बढ्नुको विकल्प नरहेकोसमेत स्पष्ट पारे ।उनले केही दलले आफ्नो चुनाव चिन्ह्, झण्डा त्यागेर, विशिष्ट व्यक्तिहरुको समेतको सल्लाहसुझाव लिएर साझा विचारसहित अगाडी बढ्नेसमेत प्रतिवद्धता जाहेर गरे ।