काठमाडौं - भक्तपुरको सल्लाघारीमा रुखले बस र स्कुटर किच्दा १५ जना गम्भीर घाइते भएका छन् ।सल्लाघारीबाट दूधपाटीतर्फ जाँदै गरेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई ग्रिन ल्यान्ड होटल नजिकै रुखले किचेको थियो ।प्रहरीले १५ जनालाई अस्पताल भर्ना गरिएको जनाएको छ ।
भक्तपुर प्रहरी प्रवक्ता राजु पाण्डेका अनुसार घाइतेहरूको डा. युवा मुडा अस्पताल, भक्तपुर इन्टरनेशनल अस्पताल र मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ ।
