
काठमाडौं - झापा–३ बाट उम्मेद्वारी ओमप्रकाश खरेलले प्रतिनिधि सभाका लागि उम्मेद्वारी घोषणा गरेका छन् ।कार्यक्रममा झापा–३ बाट उम्मेद्धवारी घोषणा गरेका ओमप्रकाश खरेलले आफूले देश र जनताको हितमा काम गर्ने सुनाए । उनले भाषणाको क्रममा अधिकांश समय कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको आलोचना गरेका थिए । उनले अब झापाका जनताले सिटौलालाई मत नदिने विश्वास लिए । उनले सिटौलामात्रै नभएर राजेन्द्र लिङ्देनले पनि केही नगरेको आरोप लगाए ।उनले चुनावको लागि गठबन्धन गर्न लागेको सत्ता गठबन्धनलाई ‘पोलिटिकल प्रोस्टिच्युसन’ को संज्ञा दिए । उनले गठबन्धन गरिरहेका दलहरुबीच सिद्धान्त र विचार नै नमिल्ने बताए । उनले आफूहरुले गठबन्धनको कडा रुपमा विरोध गर्ने पनि बताए ।कार्यक्रममा सचेत नेपाली पार्टीका सचिवालय सदस्य सुमनकुमार बलामी, स्वतन्त्र राजनीतिक शक्ति नेपालका सदस्य रोमलाल गिरी, सामूहिक अभियान नेपालका संयोजक रविन्द्र श्रेष्ठ, नेपाल आमा पार्टीका केन्द्रीय गोविन्दप्रसाद भेटुवाल, नेपाल नौलो जनवादी पार्टीका उपाध्यक्ष रमेशप्रसाद आचार्यले आज उम्मेद्धवारी घोषणा गरेका खरेल र श्रेष्ठलाई चुनावी सफलताको शुभकामना दिएका थिए ।



























