
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य तोलामा ९ हजार ३ सय रुपैयाँले बढेर ३ लाख १३ हजार ४ सय रुपैयाँ पुगेको छ । बुधबार सुन तोलाको ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार बिहीबार चाँदी तोलामा २ सय ६० रुपैयाँले बढेर ४ हजार ८ सय ५५ रुपैयाँ पुगेको छ । बुधबार चाँदी तोलाको ४ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।



























