
काठमाडौं - इमानको राजनीति कट्टर इमानदार सरकार र तपाईं भोट बदल्नुस् हामी देश बदल्छौं को नारा बोकेको स्वतन्त्र राजनीतिक शक्ति, नेपालले यही भदौ २५ गते दाङ घोराहीको लुल्सीपुर चोकमा पहिलो बृहत् आमसभा गर्ने भएको छ । रमेश खरेल र पुण्य प्रसाईले सम्बोदन गर्ने यस आमसभामा दाङका सबै क्षेत्रका प्रतिनिधि सभाको उम्मेद्वारी समेत घोषणा हुनेछ । काखमा बच्चा बोकेकी आमा चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएको यो स्वतन्त्र राजनीतिक शक्ति नेपाल विभिन्न पार्टी तथा स्वतन्त्र समूहहरुको मोर्चा हो । यस मोर्चाका एक सदस्य रोमलाल गिरीका अनुसार, यो आमसभा दाङको इतिहासकै सबैभन्दा ठूलो आमसभा हुनेछ । दिनको २५ गते शनिवार दिनको ठिक १ बजे विद्युत अगाडि चोकमा शुरु हुने यस आमसभापछि लगातार देशभरि नै आमसभा गर्दै उम्मेद्वारी घोषणा पनि गर्दै जाने रणनीति बनाएको स्वराश नेपालले २७ गते नवलपुर र २९ गते काभ्रेपलाञ्चोकमा समेत आमसभा गर्ने भएको छ । सचेत नेपालीका अध्यक्ष तथा स्वतन्त्र राजनीतिक शक्ति नेपालका एक सदस्य पुण्य प्रसाईले हाम्रो एक प्रश्नको उत्तरमा भने, ‘हामी केवल एकादुएक सांसद जित्ने मात्र खेल खेलिरहेका छैनौ, हाम्रो उद्देश्य सरकार नै हाम्रो नेतृत्वमा बनाउने रहेको छ । हामी देशैभरि आमसभा गर्नेछौं र चाँडै जनलहर हाम्रो पक्षमा देखिने छ किनकि हामी रहरले नभएर राजनीतिक दर्शनको समेत विकास गरेर सबै समस्याको एकमुस्ट समाधान लिएर आएका छौं । हामी भ्रष्टचार भ्रष्टचार भनेर रोएर बस्दैनौ किनकि भ्रष्टचारलाई कहाँ हानेपछि यो ढल्छ भनेर हान्ने ठाउँ हामी देखेर आएका छौं ।’
प्रसाईले अगाडि भने, ‘हाम्रा अगाडि सबैभन्दा ठूलो समस्या आर्थिक नै हुनेछ तथापि हामी के छैन भनेर नभएको कुरामा रोएर बस्दैनौं जेजति छ त्यसैको उपयोग गर्दै जान्छौं । भ्रष्टहरुबाट एक कौडी लिँदैनौ तर जनतको अगाडि हात थाप्न भने लाज मान्दैनौ ।
भदौं २५ गते दाङको घोराहीमा स्वतन्त्र राजनीतिक शक्ति, नेपालको पहिलो बृहत् आमसभा



























