नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज (आइतबार) सकिँदैछ ।राष्ट्रपति भण्डारीले गत आइतबार संविधानको धारा ७६ (२)अनुसार सरकार गठनका लागि पुस १० गतेसम्मको समय दिनुभएको थियो । सरकार गठनका लागि राष्ट्रपति भण्डारीले आज साँझ ५ बजेसम्मको समय दिनुभएको थियो ।राष्ट्रपति भण्डारीले दिएको समयसीमा सकिन लाग्दासमेत दलहरूले दाबी पेश गर्न सकेका छैनन् । बुहमतनिकट रहेको सत्ता गठबन्धन दलहरूबीच पदीय भागबण्डामा सहमति हुन नसक्दा समय सकिन लाग्दासमेत दाबी पेश हुन नसकेको हो ।नयाँ सरकार गठनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । शनिबार बसेको बैठक बिनानिष्कर्ष सकिएपछि आज बिहान १० बजे पुनः बैठक बस्न लागेको हो ।शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक गठबन्धनभित्रका दलहरूमध्येबाट कसले पहिला सरकार बनाउने भन्ने विषयमा छलफल भए पनि निष्कर्षबिना सकिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई दिएको समयसीमा घर्किनै लाग्दा पनि नयाँ सरकारको नेतृत्वमा सहमति जुट्न सकेको छैन ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यसबीचमा पटक पटक छलफल र वार्ता भए पनि नयाँ सरकारको नेतृत्व पहिले कसले गर्ने भन्ने विषयमा कुरा मिल्न बाँकी छ । शनिबारको बैठकले गठबन्धनका तीन शीर्ष नेता आलोपालो प्रधानमन्त्री हुने सहमति गरेको थियो ।सो सहमति अनुसार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आलोपालोमा प्रधानमन्त्री बन्नुहुनेछ । तर पहिलो चरणमा शेरबहादुर देउवा कि पुष्पकमल दाहाल ‘प्रचण्ड’ भन्ने विषयमा सहमति हुन सकेको छैन् ।संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमत पुर्याउने दलले आज बेलुका ५ बजेभित्र प्रधानमन्त्रीमा दाबी पेस गर्नुपर्नेछ । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा बहुमत पुर्याउन १ सय ३८ सिट चाहिन्छ ।Sources :ehimalaya Times