
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय बसुन्धारामा सोमबारका लागि बैठक बोलाइएको हो ।बैठकमा राष्ट्रपतिको चुनावमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्नेबारेमा छलफल तथा चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने बताइएको छ ।राष्ट्रपतिका उम्मेदबार रामचन्द्र पौडेल र सुवास नेम्वाङ दुवैमा रास्वपा प्रस्तावक वा समर्थक बसेको छैन । केन्द्रीय समिति बैठकबाट रास्वपा यसबारे स्पष्ट नीति तय गर्ने छ ।पुस १० मा बनेको सात दलीय सत्ता गठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धन बनेपनि रास्वपाले चुनाववारे औपचारिक धारणा सार्वजनिक गरेको छैन ।फागुन २२ गते सरकारबाट बाहिरिएको रास्वपाले सरकारबाट समर्थन फिर्ता भने लिएको छैन ।Source:Madhyanaha




























