
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसदबाट विश्वासको मत पाएका छन् ।बिहीबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेको पक्षमा ३५ जनाले मत दिएका छन् भने विपक्षमा २२ जनाले मत दिएका छन् ।उनले नेपाली कांग्रेसको २७, नेकपा माओवादी केन्द्रको ७ र दीपक मनाङेको मत पाए । विपक्षमा नेकपा एमालेका २२ सांसदले मत दिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने तटस्थ बस्यो ।गत वैशाख १५ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए ।



























