१९९१ मा युएसएसआर टुक्रियो । रसिया १५ टुक्रामा विभाजित भयो । यस कुराले रसियनहरुको स्वाभिमानमा ठूलो धक्का लाग्यो । उनीहरुले त्यो बेला ठूला अपमान बोध गरे । रुसको कमजोरीको फाइदा उठाएर अमेरिका र पश्चिमा विश्वले यो रुसमाथि गरेको ठूलो धोका थियो । रुसलाई शक्तिहिन बनाउनका लागि अमेरिका र नेटो गठबन्धनले भित्रभित्रै ठूलो भूमिका खेलेको थियो । तात्कालिन रसियाका राष्ट्रपति गोर्भाचोभलाई पश्चिमा मिडियाले खुब हिरो बनाएर विश्वमा प्रचार गरे । उनलाई विश्वको महान् नेता भनेर पुलपुल्याए र फुर्काए । उनले ल्याएको नयाँ विचार धारा ग्लास्तनोस्त र पेरेस्त्रोइका खुलापन र पुनर्संरचनाको विचारधाराले रुसको कायापलट हुन्छ र रुस अझ शक्तिशाली हुन्छ भनेर प्रचार गरे तर यसको परिणाम ठिक उल्टो भयो । रुस १५ टुक्रामा विभाजित भयो ।
रुसका जनता र पुटिन पश्चिमाको यस धुर्त चालबाट अति नै क्रुद्ध भए र अझै पनि छन् । १९९१ म रुस टुक्रिँदा केजीबीको जासुस रहेका पुटिन जागिर छोडेर राजनीतिमा सक्रिय भए । यो सब कसरी भएको थियो ? रुसलाई पश्चिमाले कसरी ढालेका थिए भन्ने कुरा सूक्ष्म रुपमा बुझेका थिए पुटिनले । विस्तारै उनले शक्ति आर्जन गरे । उनी बारम्बार रुसको राष्ट्रपति र प्रधानमन्त्री मात्र बनेनन् उनले रुसलाई पनि महान् बनाए ।
भनिन्छ पुटिन भयानक योजना अनुरुप काम गरिरहेका छन् । उनी रुसलाई फेरि अखण्ड बनाउन मात्र होइन । रुसलाई विश्वशक्ति बनाउनका लागि अमेरिकालाई समेत टुक्र्याउन चाहन्छन् जसरी अमेरिकाले रुसलाई १५ टुक्रा बनाएको थियो । यो कुरा उनले सार्वजनिक रुपमा नै गरिसकेका छन् जसलाई चीनका मिडियाले समेत अति महत्वका साथ प्रचार प्रसार गरेका थिए ।
के पुटिन यसमा काम गरिरहेका छन् त ?
अहिले विश्वका जासुसहरु पुटिनको दिमाग पढ्न लागेका छन् तर सबैको एउटै भनाइ सार्वजनिक हुन्छ । पुटिनलाई पढ्न सकिँदैन । पुटिनले जर्जियामाथि आक्रमण गरेर एक अर्को स्वतन्त्र राज्य बनाउलान भन्ने कसैलाई लागेको थिएन तर उनले गरे । पुटिनले क्रिमियामाथि आक्रमण गरेर रसियामा गाभ्नेछन् भन्ने कसैले सोचेको थिएन तर उनले गरे । रुसले युक्रेनमाथि आक्रमण गर्लान् भन्ने पनि कसैले सोचेको थिएन तर उनले गरे । युद्ध भयो भने पनि पुटिनले युक्रेन यसरी ध्वस्त पार्लान् भन्ने कसैलाई थिएन तर उनले युक्रेन खरानी बनाए । आज युक्रेनका १५ भन्दा बढी शहर भूताहा शहर बनिसकेका छन् । अब पुटिनले युक्रेन छोडेर हिंडे भनेपनि यस देशलाई फेरि उठ्न ३० वर्ष लाग्नेछ र ब्ल्याक सि र अजोब सागरमाथि नियन्त्रण गरेर पुटिनले युक्रेनलाई एउटा ल्याण्डलक कन्ट्रीमा परिणत गरिदिनेछन् किनकि उनले जेजे छोडे पनि डोनेस्क, लुहान्स्क सीमा क्षेत्र र मारियुपोल र ओडेसा जस्ता बन्दरगाहा शहर छोड्ने छैनन् भने क्रिमिया त पहिलै लिइसकेकै छ । रुसको अस्तित्व रहँदैन र रसियाको अस्तित्वमाथि खतरा पार्ने काम गरे युक्रेन ध्वस्त हुने मात्र होइन यो पृथ्वी ग्रह नै ध्वस्त भए पनि हामीलाई कुनै मतलब रहने छैन भनेर पुटिनले परमाणु बम प्रहार गर्न एकछिन पनि नहिच्किचाउने कठोर धम्की अमेरिका र नाटोलाई दिइसकेका छन् । पुटिन युक्रेनको मामिलामा हस्तक्षेप नगर्न कठोर चेतावनी दिँदै उनी निर्धक्क युक्रेनमाथि हमला गरिरहेका छन् । पुटिनको यस भयानक आक्रमणबाट अमेरिका र नाटो राष्ट्र समेत डराइसकेको छ ।
कुनै दुर्घटना नभए पुटिन २०३० सम्म रसियाको राष्ट्रपति हुने संभावना छ । उनको महत्वाकांक्षा भनेको रुसलाई सुपर पावर बनाउने नै हो । र, उनी यसमा लगातार काम गरिरहेका पनि छन् । तर यसका लागि उनले अमेरिकाको शक्ति घटाउन जरुरी छ । अमेरिकालाई विभाजित गरेर पुटिन रुस टुक्रिँदाको बदला लिने मात्र होइन उसलाई शक्तिहिन बनाउन पनि चाहन्छन् । अमेरिकालाई १८६१–१८६५ को जस्तै गृह युद्धको स्थितिमा पुर्याएर विभाजित गर्ने रणनीतिमा उनका जासुस काम गरिरहेका छन् र अमेरिका भरि केही स्थिति खराब हुनासाथ लुटपाट गर्ने समूह अति गोप्य रुपमा बनेका पनि छन् जसको कोही नाइके हुँदैन । र, स्थिति बिग्रन साथ उनीहरु लुटपाट गर्न र ध्वंस गर्न लाग्छन् ।
पुटिनको अमेरिका विभाजित गर्ने डिजाइनिङमा चीनको पनि साथ रहेको देखिन्छ । अहिले पढ्दा यो अपत्यारिलो र अविश्वसनीय लाग्छ तर कुनै दिन रुस विभाजित हुन्छ भन्दा पनि हामीलाई त्यस्तै लागेको थियो तर हामीलाई थाहा छ आज रुस १५ टुक्रामा विभाजित भयो र त्यही आफूबाट छुटिएको देश युक्रेनसँग आज रुस लडिरहेको छ किनकि अमेरिकाले युक्रेनलाई रुस विरुद्ध प्रयोग गरिरहेको छ ।