हाम्रो देशमा अतीत कालमा अनेकौं क्रान्तिकारी विचारकले पुरोहितवाद र ब्राह्मणको श्रेष्ठत्वको घोर विरोध गरे । कुनै समयमा समाजले शिक्षा र ज्ञानको प्रयोग गर्ने केही समाजसेवी कार्यकर्तालाई ब्राह्मणको संज्ञा र विशेष मानप्रतिष्ठाको साथसाथै जीवनयापनका केही विशेष सुविधा पनि स्वेच्छाले प्रदान गरिएको थियो । तर बिस्तारै बिस्तारै समाजको यो उदारता नै समाजको लागि उपद्रो बन्यो । ब्राह्मणको संज्ञाको आधार अब ब्राह्मण बाबुबाट (आमाबाट होइन) जन्म लिनुमात्र रह्यो । केही पनि परिश्रम नगरी समाजबाट सबै प्रकारको सुविधा प्राप्त गर्नु ब्राह्मण नामक शोषकको पैतृक अधिकार बन्यो ।
यो व्यवस्थामा कुनै व्याघात नहोस् भनेर यसको लागि अनेक संस्कारको साथै अन्य विधिविधानको लामो तानावाना बुनियो । भगवान्, वेद, शास्त्र, पुराण, आत्मा आदि यस षडयन्त्रको मुख्य आधार बन्यो । यस प्रकारले थोरै मानिसले आप्mनो स्वार्थको कारण पूरा समाजलाई पंगु बनाए ।
यस अन्याय र अनाचारको विरुद्ध समाजका केही साहासी मानिसको हृदयमा विद्रोहको भावना उत्पन्न हुनु स्वभाविक थियो । जस्तो कि नियम छ, सुसम्पन्न र जागृत वर्गमा नै सबैभन्दा पहिला चेतना उत्पन्न भयो र उनीहरुले ब्राह्मणलाई श्रेष्ठत्व दिएको विरुद्धमा आवाज उठाए । जनक, विश्वामित्र आदि क्षत्रिय नेताहरुको ब्राह्मणसँग ठूलो संघर्ष भयो र त्यसमा केही मात्रामा क्षत्रिय नेताहरु सफल पनि भए ।
तर यी क्षत्रिय नेताहरुको दृष्टिकोण पनि केवल यति मै सीमित थियो, उनीहरु ब्राह्मणको जस्तो विशेष अधिकार आप्mनोलागि चाहन्थे । उनीहरुको कामना थियो कि समाजका शोषकको अधिकार उनीहरुले पाउनुपर्छ । यसैले उनीहरुले वेद, भगवान्, आत्मा, यज्ञ, पुरोहितवाद आदि अन्धविश्वासमा जुन यो वर्ण विषमताको मुख्य आधार थियो, किञ्चित पनि आपत्ति गरेनन् बरु त्यसको पोषण गरे ।
यस्ता विचारक पनि हाम्रोमा थिए जसले यो सबको खोक्रोपनालाई बुझेका थिए । उनी न भगवान्मा विश्वास राख्थे न वेदलाई प्रमाण मान्थे । उनी विरक्तको जीवन व्यतीत गर्थे र आप्mनो युक्तिको लागि तथा सत्य साक्षत्कारको लागि जंगलमा तप गर्थे । यस्ता मानिसमा यति धेरै व्यक्तिवाद थियो कि उनीहरुलाई समाजको कुनै चिन्ता थिएन । उनीहरु आत्माको भ्रममा परेका थिए र आप्mनो मुक्तिलाई नै जीवनको परम लक्ष्य मानेर बसेका थिए ।
सिद्धार्थदेखि बुद्ध
नेपालको लुम्बिनीमा ईसा पूर्व छैटौं शताब्दीमा शाक्यवंशीको एक गणराज्य थियो । तत्कालीन समयमा बज्जी, मल्ल आदि जातिको गणतन्त्रात्मक राज्य विद्यमान थिए । त्यो बेला एउटा अथवा अनेकौं गाउँको सर्वाधिकार जमिन्दार नै राजा भनेर चिनिन्थे । सबका सब एकत्र भएर आपूmमध्ये कोही एकलाई राजाको रुपमा रोज्थे र उसकै आदेशमा आफ्नो राज्य चलाउँथे । विशेष अवसरमा महाराजले सबै राजाहरुसँग अनुमति लिनुपर्ने हुन्थ्यो । शाक्यको राज्य पनि यस्तै प्रकारको थियो । राज्यको शासन व्यवस्था जनतान्त्रिक थियो र शाक्य परिवार एकपछि अर्कोले शासन गर्थे । कपिलवस्तु उनीहरुको राजधानी थियो ।
कपिलवस्तुमा सिंह–हनुका शुद्धोदन, धौतोदन, शुक्लोदन, शाक्योदन तथा अमितोदन नामका पाँच छोरा थिए र अमिता र प्रतिमा दुई छोरी थिए । आफ्नो पालो आएपछि शुद्धोदन राजगद्दीमा बसे । शुद्धोदनको विवाह देवदहमा बस्ने कोलिय वंशका अज्जन र सुलक्षणकी छोरी महामायासँग भएको थियो ।
महामाया प्रसवको लागि आफ्नो माइत गइरहेकी थिइन्, बाटैमा पर्ने लुम्बिनीको वनमा पुग्दा नपुग्दै उनलाई प्रसव पीडा हुन थाल्यो, त्यही प्रसूतिको व्यवस्था मिलाइयो । यसरी महामायाको गर्भबाट ई.पू. ५६३ मा वैशाख पूर्णिमाको दिन विशाल सालका रुखहरु भएको लुम्बिनी वनमा गौतम बुद्धको जन्म भयो । उनको बाल्यकालको नाम सिद्धार्थ गौतम थियो । सिद्धार्थको अर्थ हो, मनोकामना पूर्ण हुनु र गौतम उनको कुलनाम थियो ।
सिद्धार्थको जन्म भएको ७ दिनमा उनकी आमा महामायाको देहावसान भयो । सिद्धार्थको पालन–पोषण उनकी ठूलीआमा महाप्रजापति गौतमीले गरिन् । महाप्रजापति गौतमी, महामायाकी दिदी र राजा शुद्धोदनकी दोस्री पत्नी थिइन् ।
८ वर्षको उमेरदेखि सिद्धार्थको शिक्षा शुरु भयो । सिद्धार्थ बाल्यकालदेखि नै कुशाग्र बुद्धिका धनी थिए र खूब मन लगाएर पढ्थे । उनका शिक्षक उनको सिक्ने प्रवृत्ति देखेर धेरै प्रभावित भएका थिए । सिद्धार्थ साहित्य, संगीत, धनुर्विद्या, उत्तम लेखन, खेलकूद इत्यादिमा प्रवीण थिए ।
सिद्धार्थलाई शारीरिक श्रममा कुनै प्रकारको अरुचि थिएन । उनी प्रमंगल उत्सव (धान रोप्ने पहिलो दिन मनाइने उत्सव जसमा हर शाक्यले आफ्नो हातले हलो जोत्नुपथ्र्यो ।) को समय उनी आफैं हलो जोत्ने गर्थे । उनका बाबु राजा शुद्धोदनसँग धेरै खेत थियो । एक दिन आफ्ना केही साथीहरुसँग सिद्धार्थ आफ्नो बाबुको खेतमा गए । त्यहाँ उनले मजदुरले खेतमा काम गरिरहेको देखे । ती मजदुरको शरीरमा पर्याप्त लुगा पनि थिएन । उनीहरु प्रचण्ड घामको रापमा सेकिरहेका थिए । यो दृश्यले सिद्धार्थको कोमल मनमा गहिरो प्रभाव पा¥यो । उनको मनमा यो प्रश्न उठ्यो कि मजदुरले मेहनत गर्ने र मालिकले उनीहरुको मजदुरीमा मोजमस्ती गर्ने, यो कसरी सही हुनसक्छ ? एउटा मानिसले अर्को मानिसको शोषण गरिरहेको छ, के यसलाई सही मान्न सकिन्छ ?
पहिलो ध्यान
९ वर्षको उमेरमा उनी एक पटक प्रमंगल उत्सवमा गए । जब उत्सव चलिरहेको थियो, सिद्धार्थ एउटा खेतको छेउमा रहेको जामुनाको रुखको छायाँमा आएर पलेटी मारेर बसे । ढाड सीधा राखेर, आँखा बन्द गरेर उनी आफ्नो नाकबाट आउने जाने श्वास हेर्न थाले । सहज–स्वभाविक श्वास हेर्दा हेर्दै उनी गहन ध्यानावस्थामा गए । उत्सव समाप्त हुँदा पनि सिद्धार्थलाई ध्यानमग्न अवस्थामा देखेर राजा शुद्धोदन चिन्तित भए । सानैदेखि सिद्धार्थको स्वभाव दयालु थियो । एउटा मानिसले अर्को मानिसको शोषण गरेको देखेर उनको हृदय कटक्क खान्थ्यो । हिंसा उनको लागि बन्देज थियो । शिकारमा जान उनी दुई शब्द भनेर अस्वीकार गरिदिन्थे । सिद्धार्थ भन्थे, निर्दोष प्राणीको हत्या गर्नमा म भागिदार हुन सक्दिन । आमा गौतमी शिकार जाने कुरामा यस्तो तर्क दिन्थिन्, उनी एक क्षत्रिय हुन् र लड्नु उनको धर्म हो । सिद्धार्थ प्राय सोध्ने गर्थे, एक क्षत्रियले किन लड्नुपर्छ ? गौतमी तब जवाफ दिन्थिन् कि यो उसको धर्म हो । फेरि सिद्धार्थ सोध्थे,
‘आमा ! यो त बताउनुस् कि मानिसले मानिसलाई मार्नु एउटा मानिसको धर्म कसरी हुनसक्छ ?’ अझ सोध्थे,
‘आमा ! यदि सब क्षत्रिय परस्पर एक अर्कालाई प्रेम गर्छन् भने के बिना काटमार राष्ट्रको संरक्षण गर्न सक्दैनन् ?’ उनका यी तार्किक प्रश्नको जवाफ कसैसँग थिएन ।
एक पटक एउटा घाइते पक्षी उनको काखमा आएर खस्यो । उनले त्यो पक्षीलाई उठाए र उपचार गरे । तत्काल उनको मामाको छोरा भाइ देवदत्त त्यहाँ आइपुगे । उनले भने, शिकारको नियम अनुसार जसले पक्षी मार्छ ऊ नै त्यसको मालिक हुन्छ, त्यसैले ऊ अब यो घाइते पक्षीको मालिक हो ।
सिद्धार्थको भनाइ थियो, देवदत्तको आधार सर्वथा गलत छ । जसले यसको रक्षा गर्छ त्यो नै यसको मालिक हुनसक्छ । हत्यारा कसरी कसैको मालिक हुनसक्छ ? कुरा राज न्यायालयसम्म पुग्यो । न्यायालयले सिद्धार्थको तर्कलाई मान्यो र सिद्धार्थको पक्षमा फैसला सुनायो ।
राजसी जीवनको प्रलोभन
सोह्र वर्षको उमेरमा सिद्धार्थको विवाह दण्डपाणि कोलिय कि सोह्र वर्षीया छोरी यशोधरासँग भयो जो आफ्नो सौन्दर्य र शील स्वभावको लागि प्रसिद्ध थिइन् । विवाहको धेरै समयपछि यशोधराले एउटा छोरा जन्माइन् जसको नाम राहुल राखियो । यशोधरालाई पाली साहित्यमा राहुलआमाको नामले पनि चिनिन्छ । सिद्धार्थ प्रेमले उनलाई गोपा भनेर बोलाउँथे ।
सुखी वैवाहिक र राजसी जीवन पाएर पनि सिद्धार्थ चिन्तन–मनन गरिरहन्थे आखिर दुनियाँमा यति धेरै दुःख किन छ ? के शक्तिशाली मानिसले गरीबको शोषण गर्छन् ? किन मानिसहरु आपसमा झगडा गर्छन् ?
शाक्यको शासन प्रणाली लोकतन्त्रमा आधारित थियो । शाक्यको लोकतन्त्रमा कैयौं राजपरिवार थिए र उनीहरु एक पछि अर्को क्रमश शासन गर्थे । शाक्य राज्य भारतको उत्तरपूर्व कुनामा थियो । यो एक स्वतन्त्र राज्य थियो तर पछि गएर कोसल नरेशले यसलाई आफ्नो शासन क्षेत्रमा सामेल गरेका थिए । यो आधिकारिक प्रभाव क्षेत्रमा रहनुको परिणाम यो थियो कि कोसल नरेशको स्वीकृति बिना शाक्य राज्य स्वतन्त्र रीतिले आप्mना केही राजकीय अधिकारको उपयोग गर्न सक्दैनथ्यो ।
सिद्धार्थको शाक्य संघस“ग मतभेद
शाक्य संघको सदस्य बनेको आठ वर्षसम्म सिद्धार्थ सबैका प्रिय सदस्य रहे । शाक्यको राज्यसँगै जोडिएको कोलियको राज्य थियो । रोहिणी नदीले दुवै राज्यको बीच सीमा रेखाको काम गथ्र्यो । दुवै राज्य यो नदीबाट सिचाइ गर्थे । रोहिणीको पानी पहिला कसले र कति उपयोग गर्ने भन्ने विषयमा शाक्य र कोलियका बीचमा प्राय विवाद भइरहन्थ्यो । यो विवाद बढेर कहिले काहीं युद्धको अवस्था समेत उत्पन्न हुन्थ्यो ।
सिद्धार्थको उमेर २८ वर्षको भइसकेको थियो, त्यो वर्ष पनि रोहिणी नदीको पानी झगडाको कारण बन्यो र स्थिति युद्धको संभावनासम्म आयो । संघको सभा बोलाइयो । सिद्धार्थ र शाक्य सेनापतिको बीचमा समस्या हल गर्ने उपायलाई लिएर मतभेद उत्पन्न भयो । सेनापति युद्धको लागि तत्पर थियो तर सिद्धार्थ युद्ध चाहँदैन थिए । सिद्धार्थको मत थियो, युद्धले कहिल्यै कुनै समस्याको हल हुँदैन । उनको विचारमा युद्धद्वारा एक अर्काको नाश गर्नुमा कुनै बुद्धिमानी छैन । सिद्धार्थ गौतमको विचारमा झगडा शाक्य तर्पmका मानिसहरुबाट शुरु भएको हो, यसैले गल्ती पनि शाक्यको छ । उनले सुझाव दिए शाक्य र कोलियबाट दुई–दुई जना मानिस छानियोस् र चारजना मिलेर एउटा पाँचांै मानिसको चयन गरियोस् । ती पाँचै पञ्च मिलेर झगडाको समाधान गरुन् । तर सेनापतिको भनाइ थियो, जबसम्म कोलियहरुलाई कडा दण्ड दिइँदैन तबसम्म यो समस्या समाधान हँुदैन । सेनापतिको तर्क थियो ब्राह्मणको धर्म यज्ञ गर्नु हो, क्षत्रियको धर्म युद्ध गर्नु, वैश्यको धर्म व्यापार गर्नु हो र शुद्रको धर्म सेवा गर्नु हो । सबैले आफ्नो आफ्नो धर्म निभाउनुमा पुण्य छ । तब सिद्धार्थले भने, “जहाँसम्म मेरो विचार छ, धर्म त यो कुरालाई हृदयंगम गर्नुमा छ कि शत्रुताबाट शत्रुता कहिल्यै शान्त हुँदैन । त्यो केवल अवैरबाट शान्त हुन्छ । आगोले आगो निभ्दैन, आगो पानीले नै निभ्छ । झगडा झगडाले होइन, आपसी कुराकानीले सुल्झन सक्छ ।”
शाक्य संघमा रहेको धेरै जना सेनापतिको विचार मानेर युद्धको पक्षमा उभिए । शाक्य संघलाई सिद्धार्थको भनाइ मञ्जुर थिएन र शाक्य संघको फैसला सिद्धार्थलाई मञ्जुर थिएन । शाक्य संघको नियमअनुसार यदि कुनै सदस्य शाक्य संघको विरुद्धमा जान्छ भने संघले उसको परिवारलाई सामाजिक बहिष्कारको निर्णय गर्न सक्थ्यो, उसको परिवारको खेत कब्जा गर्न सक्थ्यो, त्यो व्यक्तिलाई दण्डित गर्न सक्थ्यो र देश–निकाला पनि गर्न सक्थ्यो । सिद्धार्थ गौतमले सुझाव दिए कि उनको परिवारलाई सामाजिक बहिष्कार नगरियोस् न राजा शुद्धोदनको सम्पत्ति जफत गरियोस् । उनी आफैं दण्ड भोग्न तयार छन् । तर शाक्य संघमा भने समस्या यो थियो कि कोसल नरेशलाई यो कुरा थाहा भयो भने उनले शाक्य संघका विरुद्धमा कारवाही गर्न सक्ने थिए र शाक्यको राज्य हत्याउन सक्थे । यसैले सिद्धार्थ गौतमले आफैंले यस्तो सुझाव दिए, यदि उनी परिव्राजक बने र देश बाहिर गए भने एक प्रकारले देश निकाला हुनेछ र शाक्य संघलाई यसको आधारमा कोसल नरेशले दण्डित पनि गर्ने छैनन् । आखिरकार सिद्धार्थले प्रव्रज्या (पाली भाषामा पबज्या) अभिनिष्क्रमणको निर्णय लिए ।
महाभिनिष्क्रमण (गृहत्याग)
गलत बहुमतको अगाडि झुक्नुभन्दा सिद्धार्थले परिवार त्यागेर जीवन बिताउने निर्णय गरे । केही विद्वानको मत छ सिद्धार्थ गौतमले एउटा बिरामी मानिस, एउटा बूढो मानिस, एउटा मरेको मानिस र एउटा सन्यासी देखे र गृहत्याग गर्ने फैसला लिए । यो सर्वथा भ्रमक र तर्कहीन कुरा हो । यस्तो लाग्छ जस्तो अज्ञानतावश या फेरि निहित स्वार्थपूर्तिको लागि यस्तो कथा रचिएको थियो ।
यो कुरा सर्वमान्य छ कि सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा गृहत्याग गरेका थिए, यो पनि सर्वमान्य सत्य छ कि उनको जन्मपछि नै उनकी आमा महामायाको निधन भएको थियो । धान रोप्ने ग्रामीण उत्सवमा हलो जोत्न जब उनी जान्थे तब हरेक उमेरका मानिस देख्थे नै होलान् । उनी आफंै पनि बच्चादेखि नवयुवक बनेका थिए, १६ वर्षको उमेरमा पूरा उत्सवका साथ विवाह गरेका थिए । विवाह उत्सवमा हरेक उमेरका मानिस सामेल थिए होलान् । वैवाहिक जीवनको फलस्वरुप एक छोराका बाबु बनेका थिए । आफ्नी पत्नीमा आएको शारीरिक परिवर्तन उनले आफैंले देखे होलान् । आफ्नो बाबु र सानीआमा तथा अन्य नातेदार बूढो भएको देखेकै थिए होलान् । चाहे नोकर नोकर्नीलाई राजकुमार सिद्धार्थको सेवामा नराखिएको भए पनि जब राजकुमार सिद्धार्थ २९ वर्षका थिए तब उनकी ठूलीआमा महाप्रजापति गौतमी र बाबु शुद्धोदनको उमेर पनि ७० वर्ष आसपासमा पुगिसकेको थियो । बाबुको फुलेका कपाल, चाउरी परेको अनुहार उनले अवश्य देखे होलान् । यति ठूलो राजपरिवारमा जहाँ पारिवारिक सदस्य बाहेक अनेकौं नोकर–चाकर हुन्थे, कोही न कोही बिरामी अवश्य हुन्थ्यो होला । धर्मवान राजघराना थियो, साधु–सन्तलाई खाना खुवाउनु, उनीहरुको सम्मान सत्कार गर्नुजस्तो कार्य भइरहन्थ्यो । उनीहरुको वन्दना गर्नु र उनीहरुको आशीर्वाद लिनको लागि राजकुमारलाई पनि साधुको अगाडि ल्याइन्थ्यो नै होला । त्यसैले बूढो, रोगी, मृत मानिस र सन्यासीलाई उनले पहिला पनि देखेकै थिए होलान् । यसको लागि उनलाई २९ वर्षसम्म पर्खनुपर्ने आवश्यकता थिएन । सामान्य परिवारमा ५ वर्षको बच्चाले पनि सोध्ने गर्छ, हजुरबुबा हजुरआमा बूढो किन हुनुभयो ? बिरामी किन हुनुभयो ? किन मर्नुभयो ? बिरामी किन मर्छन् ? आदि आदि । तब फेरि सिद्धार्थ गौतम जो ३२ महापुरुषीय गुणले युक्त थिए, उनले २९ वर्षसम्म यो कुरा बुझ्न सकेनन् भन्नु सर्वथा भ्रान्तियुक्त छ ।
वर्ण विषमताको पोषक
गौतम बुद्धको रुपमा समाजलाई एउटा यस्तो क्रान्तिकारी मानिस प्राप्त भयो जसको हृदयमा साँचो सामाजिक भावना थियो र जसमा सत्यलाई सत्य र असत्यलाई असत्य भनेर प्रचारित गर्ने साहस पनि थियो । सुरुमा उनी शरीरलाई भीषणतम् कष्ट दिने खालको तपस्वीहरुको फन्दामा परे । तर सौभाग्यले उनी छिटै यो भ्रमजालबाट मुक्त भए । जब निराहार बसेर प्राण दिने व्यर्थता अनुभव गरेर गौतम बुद्धले पुनः आहार ग्रहण गर्न सुरु गरे, तब उनका तपस्वी साथीहरुले उनलाई शरीरको मोहको कारण पथभ्रष्ट भएको सम्झेर तिरस्कार गरेका थिए ।
तर बुद्धलाई आप्mनो अनुभवमा र आप्mनो सत्यतामा यति धेरै विश्वास थियो कि उनले ज्ञान प्राप्त गर्नेबित्तिकै सर्वप्रथम ती तपस्वी साथीलाई खोजे र उनीहरुलाई आप्mनो विचार तथा कार्यक्रमको दीक्षा दिए । यो दीक्षादानको समयमा बुद्धले यो निर्भीक घोषणा गरेका थिए, जुन प्रकार निरन्तर कामवासना र तृष्णामा लिप्त भएर बस्ने जीवन निकृष्ट छ त्यसै प्रकारले अनेकौं कष्ट दिएर शरीरलाई गलाएर सुकाएर निष्काम गर्ने कोसिस गर्ने जीवन पनि निन्दनीय छ । सत्य त यी दुवै कुरालाई सन्तुलनमा राख्नमा र सामन्जस्य स्थापित गर्नुमा छ । वाणी, संकल्प, दृष्टि, कर्म, जीविका, श्रम, चिन्तन र ज्ञानको शुद्धता नै सबैभन्दा ठूलो तप हो, यसैको प्रयासले हामी जीवनलाई सुखद र सफल बनाउन सक्छौं ।
यस प्रकारले बुद्धको पहिलो विद्रोह त्यो विचारधाराप्रति थियो जुन वैदिक कर्मकाण्डको भ्रमजालबाट मुक्त त थियो तर जुन पलायनवादी र व्यक्तिवादी जस्तो समाजविरोधी मान्यताको प्रचार गथ्र्यो । बुद्ध जस्ता धेरै युवकले यो विचारधाराको जालमा फँसेर आप्mनो जीवन नष्ट गरेका थिए । यस तामसी विचारधाराको भरन्डुकालाम आदि केही आचार्यसँग बुद्धको वादविवाद पनि भएको थियो तर यी सम्प्रदायको केही निहित स्वार्थ थिएन, त्यसैले बुद्धको उनीहरुसँग विशेष संघर्ष भएन ।
तात्कालीन इतिहासबाट यो कुरा स्पष्ट हुन्छ कि बुद्ध जब कर्मक्षेत्रमा आए त्यो बेला अनेकौं यस्ता सम्प्रदाय प्रचलित थिए जसले वेद र यज्ञको विरोध गरेका थिए तर आप्mनो विरोधलाई सक्रिय रुपमा प्रकट गर्दैन थिए किनकि यस प्रकारको कार्य ती सांसारिक बन्धन जस्ता लाग्थे, बुद्धसँग कहिल्यै उनीहरुको त्यस्तो संघर्ष भएन जस्तो बुद्धको प्रभावबाट ब्राह्मणलाई आर्थिक हानी हुन्थ्यो, यसैले बुद्धलाई उनीहरुले आप्mनो शत्रु मान्नु स्वभाविक थियो ।
कर्मक्षेत्रमा आउनेबित्तिकै बुद्धले समाजको हीन अवस्थामा विचार गर्न शुरु गरे । धेरै अध्ययन मनन् पश्चात उनी यो निष्कर्षमा पुगे कि समाजको पतन हुनुको मुख्य कारण पुरोहितवाद हो । त्यो बेला जनतालाई अति नै ठूलो कष्ट थियो । ब्राह्मणद्वारा प्रेरित र प्रोत्साहित भएर राजाहरु प्राय ठूला ठूला यज्ञको आयोजना गर्थे । यी यज्ञमा सहस्र गाई, घोडा, साँढे, भेडा, बोकाको बलि दिइन्थ्यो । राजालाई यज्ञको लागि वैश्य र शुद्रको धन जबरजस्ती हरण गर्ने अधिकार थियो । यस्तो विधान ब्राह्मणले धर्म शास्त्रमा पहिला नै लेखेका थिए ।
विचरा प्रजाजन आप्mनो सम्पत्ति हरण हुँदा पनि कुनै आपत्ति जनाउन सक्दैन थिए किनकि यज्ञको लागि लिइएको वस्तुमा आपत्ति जनाउनाले नर्कमा पर्नेे डर रहन्थ्यो । फलस्वरुप उनीहरु दिनदिनै निर्धन हुँदै गइरहेका थिए, किनकि त्यो बेला कुनै परिवारको लागि पशु नै मुख्य सम्पत्ति थियो ।
बुद्धले सोचे, जबसम्म जनता बाह्मणलाई श्रेष्ठत्व मानिरहने छ तबसम्म यो कष्टबाट उसले मुक्ति पाउने छैन । उनले देखे ब्राह्मणलाई श्रेष्ठ मान्नुको आधार वेदलाई अपौरुषेय अर्थात् मानवले लेखेको नभएर भगवान्को वचन मान्नु हो । वेदलाई अपौरुषेय मान्ने आधार भगवान्को अस्तित्वमा विश्वास गर्नु हो, त्यसैले जनता तबसम्म ब्राह्मणको श्रेष्ठताबाट विश्वास हटाउन सक्दैनन् जबसम्म वेद र ईश्वर सम्बन्धी अन्धविश्वासबाट मुक्ति मिल्दैन । बुद्धले अनुभव गरेका थिए आत्मा पनि यस्तै खालको शब्द हो जसले यी सबै भ्रमलाई पुष्टि गर्छ । यसैले उनले भगवान्, वेद, आत्मा, यज्ञ र ब्राह्मणको श्रेष्ठता सबैतिर एकै साथ आक्रमण गरे ।
बुद्धले धेरै सावधानी र दूरदर्शिताले आप्mनो रणनीति निश्चित गरे । सबैभन्दा पहिला उनले केही यस्ता प्रश्नमा विवाद गर्न अस्वीकार गरे जसको तात्कालिक समस्यासँग सम्बन्ध थिएन– भिक्षुहरुहो, यदि कुनै मानिसले म त्यो बेलासम्म बुद्धको उपदेश अनुसार चल्दिन जबसम्म बुद्धले संसार शाश्वत छ या अशाश्वत छ, संसार शान्त छ या अनन्त, जीवन त्यही हो जुन शरीर हो या जीवन अर्को हो र शरीर अर्को हो, मृत्युपछि तथागत रहन्छ या मृत्युपछि तथागत रहँदैन, भिक्षुहरुहो, यी कुरा बुद्धद्वारा भनिने छैन र यो उत्तरको आशामा आएको मानिस त्यतिकै मर्नेछ ।”
यो एउटा महत्वपूर्ण तथ्य हो कि एकातिर बुद्धले संसारलाई कसले बनायो ? कहिले बनायो ? आदि प्रश्नको जवाफ दिएनन् र अर्कोतिर भगवान्, आत्मा आदिमा खुलेर कुरा गरे । बुद्धलाई थाहा थियो उनले कति कठिन मोर्चामा लड्नुपर्ने थियो, यसैले उनले केवल त्यो अन्धविश्वासको विरुद्धमा प्रचार गर्नमा नै आप्mनो शक्ति लगाए, जुन समाजको दुःखको कारण बनेको थियो ।
विचार स्वतन्त्रता
वेदको शब्द प्रमाणले जनताको आस्था हटाउनको लागि बुद्धले विचार स्वतन्त्रताको प्रचार गरे । अंगुत्तर निकायमा एउटा कथा आउँछ, बुद्ध जब आप्mना भिक्षु संघसँग कोसल देशको भ्रमण गरिरहेका थिए, तब उनी एक पटक केसपुत्त नामक नगरमा पुगे जहाँ कालाम गोत्रका छेत्री बस्थे ।
त्यो बेला बुद्धको दर्शनार्थ आएका केही मानिसले भने, “भन्त्ते, कोही कोही ब्राह्मण र श्रमण केसपुत्तमा आउँछन् । उनीहरु आप्mनै विचारको प्रचार गर्छन् र अरुको खण्डन गर्छन् । त्यसपछि अर्काथरी आउँछन् उनीहरु पनि आप्mनो मतको प्रचार गर्छन् र उनीहरु पहिला आएका श्रमण ब्राह्मणको विचारको खण्डन गर्छन् । यस्तो स्थितिमा हामीलाई शंका लाग्छ कि आज श्रमण र ब्राह्मणमा को सत्य भनिरहेको छ र को भूmटो ?”
बुद्धले त्यो प्रश्नको जवाफ दिए जुन विचार आज पनि प्रत्येक जिज्ञासु र विचारकले बुझिरहनु आवश्यक छ । बुद्धले आप्mनो मतको समर्थनमा कुनै शास्त्रको उद्धरण दिएनन न भगवान्को दुहाई नै दिए, बरु उनले भने ः
“कालामहरु तिमीहरुको संशय सर्वथा उचित छ । तर कालामहरु कुनै कुरा यसकारणले नमान कि परम्परादेखि मानिसले यस्तै मान्दै आएका छन् । कुनै कुरा यसकारणले नमान कि वर्तमानमा पनि सबै मानिस यस्तै मान्छन् । कुनै शास्त्रमा यस्तो कुरा लेखेको छ, हाम्रो गुरुले यही भनेका छन् । अमूक अत्यन्त सुन्दर भव्यरुप वक्ताले यही भनेका थिए आदि आधारमा कनै कुरा नमान । हो जुन सत्य तिम्रो बुद्धिले स्वीकार गर्छ, जुन तिमीलाई सर्वथा उचित लाग्छ, त्यसैमा विश्वास गर, त्यसै अनुसारको आचरण गर ।”
कति स्पष्ट, आदर्श र बुद्धिप्रधान मन्तव्य थियो यो !
वर्ण समानताको प्रचार
बुद्धले चार वर्णलाई समानता र बाह्मणको श्रेष्ठताको विरुद्ध निरन्तर प्रचार गरे । समाजको सबैभन्दा ठूलो रोग यही थियो, त्यसैले यसको निराकरणमा उनले मुख्य रुपले आप्mनो शक्ति लगाए । बुद्धको भनाइ थियो मुक्ति पाउनु केवल ब्राह्मणको अधिकार होइन, चरित्रको शुद्धताले सबै वर्णले मुक्ति पाउन सक्छ । ब्राह्मणलाई बुद्धको यो भनाइमा सबैभन्दा ठूलो आपत्ति थियो किनकि यसले समाजमा स्थापित उनीहरुको सत्ता समाप्त हुन्थ्यो । यही कारणले यस प्रश्नलाई लिएर बुद्धको ब्राह्मणसँग सदैव संघर्ष चलिरह्यो ।
मज्झिम निकाय बौद्ध ग्रन्थमा यो कथा आउँछ कि जब बुद्ध श्राबस्तीमा बसेका थिए, त्यो बेला पाँच सय ब्राह्मण पनि कुनै कारणवश त्यहाँ उपस्थित थिए । ब्राह्मणलाई जब बुद्धको निवासको बारेमा थाहा भयो तब उनीहरुको मनमा विचार आयो चार वर्णको मुक्तिमा कुन ब्राह्मण विद्वानसँग बुद्धको वादविवाद गराउनु उचित हुन्छ । धेरै सोचविचार गरेर उनीहरुले आश्वलायन माणवक नाम गरेका विद्वानलाई यसको लागि रोजे ।
आश्वलायन बुद्धको तर्कशक्तिसँग परिचित थिए, त्यसैले उनी पहिला वादविवादको लागि तयार भएनन् तर ब्राह्मणहरुले बारम्बार आग्रह गरेपछि उनी एउटा ठूलो ब्राह्मण समूदायसँगै बुद्ध भएको ठाउँमा गए र उनीसँग प्रश्न गरे ः
“ए गौतम, बाह्मणहरु भन्छन् ब्राह्मण नै श्रेष्ठ वर्ण हो, अरु सानो वर्ण हुन् । ब्राह्मण नै शुक्ल वर्ण हो, अरु वर्ण कृष्ण हुन्, ब्राह्मण नै शुद्ध हुन्छन, अरु वर्ण हुँदैनन । ब्राह्मण नै ब्रह्माको औरस पुत्र हुन्, मुखबाट उत्पन्न भएका, ब्रह्मानिर्मित ब्रह्माका ज्वाइँ हुन् । यस विषयमा तपाईंको विचार के छ ?”
बुद्धले यो प्रश्नको जवाफ तुरुन्तै दिएः
“तर अश्वलायन, ब्राह्मणकी ब्राह्मणीहरु महिनावारी भएको, गर्भिणी भएको, जन्म गराएको, दूध पिलाउँदै गरेको देखिन्छिन् । योनिबाट उत्पन्न भएका ब्राह्मणहरु अझै पनि आपूmलाई श्रेष्ठ सम्झन्छन् ?”
“यद्यपि गौतम यो तपाईंको भनाइ हो तर ब्राह्मणले त यही भन्छन् कि उनीहरु नै श्रेष्ठ हुन् ।” आश्वलायनले भने ।
यसमा बुद्धले आश्वलायनसँग केही अत्यन्त मार्मिक प्रश्न सोधे, उनले सोधेः
“आश्वलायन, गधीको घोडासँग या घोडीको गधासँग संयोग गराइयो भने यसबाट जुन सन्तान जन्मन्छ, त्यसको स्वरुप र गुण भिन्नताको कारण त्यसलाई चिनिन्छ होइन ? तर ब्राह्मणीको कुनै अन्य वर्णका पुरुषसँग या कुनै अन्य वर्णकी स्त्रीको ब्राह्मण पुरुषको संयोग भयो भने त्यसबाट जुन सन्तान जन्मन्छ त्यसलाई पनि यसरी नै चिन्न सकिन्छ ? यदि चिन्न सकिदैन भने ब्राह्मण कसरी विशिष्ट भए ?
“आश्वलायन यदि ब्राह्मणले अग्नि उत्पन्न गर्छ र शुद्रले पनि अग्नि उत्पन्न गर्छ भने के ब्राह्मणले उत्पन्न गरेको अग्निले नै आप्mनो कार्य गर्छ, शुद्रले उत्पन्न गरेको अग्निले आप्mनो कार्य गर्दैन ? यदि यी दुवै अग्निले समान रुपले कार्य गर्छन् भने ब्राह्मण कसरी श्रेष्ठ भयो ?
“आश्वलायन, यदि ब्राह्मणले भूmटो बोल्छ, हिंसा गर्छ, अन्य पाप गर्छ तब पनि सुगति प्राप्त हुन्छ र शूद्र वैश्य, क्षत्रिय आदिले उत्तम कार्य गर्दा पनि कुगति प्राप्त हुन्छ ? यदि यस्तो हँुदैन भने ब्राह्मण कसरी श्रेष्ठ भए ?
विद्वान आश्वलायन बुद्धको कुराबाट प्रभावित भए र उनको संघमा दीक्षित भए । यस प्रकारले अनेकौं जनप्रिय स्वतन्त्र विचारक ब्राह्मणहरुले बुद्धसँग दीक्षा लिए । बुद्ध ब्राह्मण जातिका विरोधी थिएनन् । उनी उनीहरुले पाएको विशेष अधिकारको विरोधी थिए ।
ब्राह्मणको श्रेष्ठत्वमा बुद्धको जति आक्रोश थियो र त्यसमा उनी कति निर्मम भएर मार्मिक आक्रमण गर्थे यसको उदाहरण अंगुत्तर समूदायको एउटा गाथामा दिएको छ ।
व्यङ्ग्यात्मक शैली
बुद्ध श्रावस्तीको जेवतनमा सत्ताईसांै वर्षाकाल बिताइरहेका थिए । तब एक दिन बुद्धले भनेः
“भिक्षुहरुहो पाँच प्राचीन ब्राह्मण धर्म आजकाल कुकुरमा देखिन्छ ।”
“कुन पाँच ?”
“भिक्षुहरुहो, पहिला ब्राह्मण ब्राह्मणीकोमा नै जान्थे र अब्राह्मणीकोमा जाँदैन थिए । तर भिक्षुहरुहो अब यो समयमा ब्राह्मण ब्राह्मणीको पनि जान्छन् र अब्राह्मणीकोमा पनि । तर भिक्षुहरुहो, कुकुर कुकुर्नीकोमा नै जान्छ, अकुकुर्नीकोमा जाँदैन । भिक्षुहरुहो, यो पहिलो प्राचीन ब्राह्मण धर्म हो जुन यति बेला कुकुरमा देखिन्छ ।”
“भिक्षुहरुहो, पहिला ब्राह्मण ऋतुमती ब्राह्मणीकोमा जान्थे, अऋतुमतीकोमा जाँदैनथे । आजकाल ऋतुमतीकोमा पनि जान्छन् र अऋतुमतीकोमा पनि जान्छन् । तर कुकुरले यस्तो गर्दैन र यस प्रकारले द्धितीय प्राचीन ब्राह्मण धर्मको पालना कुकुरले गरिरहेको छ ।”
भिक्षुहरुहो, पहिला ब्राह्मण ब्राह्मणीलाई किन्दैन थिए र बेच्दैन पनि थिए, परस्परमा प्रेमले सहवास गर्थे । आजकाल ब्राह्मण ब्राह्मणीलाई किन्छन् र बेच्छन पनि । प्रेमले र अप्रेम दुवैमा सहवास गर्छन् । तर कुकुर कुकुर्नीलाई किन्दैन र बेच्दैन पनि । यसरी तृतीय प्राचीन ब्राह्मण धर्मको पालना कुकुरले गरेका छन् ।”
“भिक्षुहरुहो, पहिला ब्राह्मण सुन, चाँदी, धनधान्यको संग्रह गर्दैनथे, अब गर्छन् । तर कुकुरले यी वस्तुको संग्रह गर्दैनन् त्यसैले यो चौथो प्राचीन ब्राह्मण धर्मको पालना पनि कुकुरले नै गरेका छन् ।”
“भिक्षुहरुहो, पहिला ब्राह्मणले साँझको खाना साँझैमा र बिहानको खाना बिहानै खोज्ने गर्थे । अचेल ब्राह्मण इच्छाभर, पेटभर खाएर पनि बाँकी घरमा लिएर जान्छन् । कुकुरले यस्तो गर्दैन त्यसैले यो पाचौं प्राचीन ब्राह्मण धर्मको पालना कुकुरले गर्छन् ।”
उपर्युक्त गाथामा व्यग्य र विनोद त छ नै, साथै हामीलाई यो पनि थाहा हुन्छ कि पुरोहितवादले ब्राह्मणमा कसरी घोर कामलिप्सा, पेटलिप्सा तथा स्त्री विक्रय आदि दुर्गुण पैदा गरिदिएको थियो ।
बुद्धले उपर्युक्त व्यंग्यात्मक शैलीमा नै भगवान् र ब्रह्माको मजाक उडाएका छन् । अदृष्ट, अनिर्वचनीय, निराकार आदि भनेर वेदवादी ब्रह्माको बयान गर्थे, बुद्धले यसैलाई लक्ष्य बनाएर भनेका थिए,
“भिक्षुहरुहो, यदि कसैले भन्छ कि म अमूक जनपद कल्याणी (त्यो बेलामा प्रचलित सौन्दर्य प्रतियोगितामा स्वीकृत श्रेष्ठ सुन्दरी) लाई धेरै चाहन्छु र जब उसलाई सोधिन्छ कि जनपद कल्याणी कस्ती छिन्– अग्ली छिन्, ठीक्ककी छिन्, होची छिन्, तब उसले भन्छ, मलाई थाहा छैन कि कस्ती छिन्, तर म उनलाई धेरै चाहन्छु । क्षेत्री हो, ब्राह्मण हो, वैश्य हो– को हो ? मलाई थाहा छैन को हो, तर म उनलाई चाहन्छु । यही हाल भिक्षुहरुहो, यी ब्रह्मको पछाडि भाग्नेहरुको छ । उनीहरुलाई कसैले कस्तो छ भनेर सोध्यो भने भन्छन्, त्यो अनिर्वचनीय छ, तर ऊ उसलाई धेरै चाहन्छ ।”
यस प्रकारले बुद्धले आत्माको पनि खण्डन गरेका छन् । पुनर्जन्ममा विश्वास गरेर पनि बुद्ध आत्मालाई मान्दैनथे । उनको भनाइ थियो यदि आत्मा अजर, अमर, अलिप्त छ भने फेरि कर्मानुसार त्यसले दुःखसुख पनि भोग्छ ? उनी भन्थे पुनर्जन्म आत्माको होइन, संस्कारको हुन्छ । यदि बुद्ध पुनर्जन्मको मायाजालबाट मुक्त हुन सकेका भए !
बुद्धले सदैव यज्ञमा हुने हिंसाको तीव्र विरोध गरे । दीर्घ निकायमा कुटदन्त नामक ब्राह्मणको कथा आउँछ जुन राजा बिम्बसारको पुरोहित थिए । आप्mनो युगका उनी प्रसिद्ध विद्वान थिए र देश विदेशबाट आएका तीन सय विद्यार्थी उनकोमा वेद अध्ययन गर्थे । एक पटक उनले एउटा महायज्ञको आयोजन गरेका थिए जहाँ सात सय साँढे, सात सय बाच्छा, सात सय बाच्छी, सात सय बोका र सात सय भेडा बलिदानको लागि जम्मा पारिएको थियो र यज्ञको खम्बामा बाँधिसकिएको थियो ।
बुद्ध भ्रमण गर्दै त्यो स्थानमा पुगे । एक दिन कुटदन्तले आप्mनो गाउँका ब्राह्मण धेरै मात्रामा बुद्धको दर्शनको लागि गएको देखे । उनको हृदयमा पनि बुद्धको दर्शन गर्ने इच्छा जागेर आयो तर अन्य ब्राह्मणले उनलाई रोके । उनीहरुको आपत्ति थियो यदि तपाईं जस्तो महाविद्वान आचार्य गौतमको दर्शन गर्नको लागि जानु हुन्छ भने जनतामा तपाईंप्रति अश्रद्धा र गौतमप्रति श्रद्धा बढ्ने छ । गौतम आफैं तपाईंको दर्शन गर्नको लागि आउनुपर्छ ।
तर कुटदन्त रोकिएनन्, उनी पनि त्यो आम्रवनमा गए जहाँ गौतम बुद्ध बसेका थिए । त्यहाँ बुद्धसँग कुटदन्तको पर्याप्त विचारविनिमय भयो जसको परिणाम स्वरुप अन्त्यमा कुटदन्तले भने ः
“म भगवान् गौतमको शरणमा आउँछु– धर्म र भिक्षु संघको पनि । आजदेखि तपाईं गौतम, मलाई अञ्जलिबद्ध उपासक धारण गर्नुस् । हे गौतम, म सात सय साँढे, सात सय बाछा, सात सय बाच्छी, सात सय बोका र सात सय भेडालाई छोडिदिन्छु, जीवनदान दिन्छु । उनीहरुले हरियो घाँस खाउन् र चिसो पानी पिउन्, शितल वायु उनीहरुको लागि चलोस् ।”
यस प्रकारले बुद्धले कोसल नरेशले गर्न लागेको यज्ञको विरोध गरेका थिए । जसमा लगभग यति नै पशुलाई बलिको लागि ल्याइएको थियो । राजकर्मचारीसम्म यी निरीह पशुलाई हेरेर रुन्थे तर राजभयले गर्दा यज्ञको प्रबन्ध गरिरहेका थिए । त्यो बेला राजाद्वारा आयोजित यज्ञको विरोध गर्नु आप्mनो प्राण संकटमा पार्नु बराबर थियो ।
कुप्रथाको विरोध
तर बुद्धले सदैव बडो निर्भीकताले यो वेदनिहित कुप्रथाको विरोध गरे । बुद्ध मासु भक्षणको विरोधी थिएनन् । उनले मृत पशुको मासु खान अनुमति दिएका थिए । बुद्धको मृत्यु नै सुँगुरको बच्चाको मासु खानाले भएको थियो । तर परलोकको लागि, धनधान्य पाउनको लागि, भगवान्को दर्शनको लागि, आत्माको कल्याणको लागि यो जुन बृहत् हिंसा हुन्थ्यो र प्रजालाई पीडा दिइन्थ्यो अन्धविश्वासको प्रसार हुन्थ्यो त्यो सब बुद्धको लागि असहनीय थियो ।
बुद्धले लगभग पैतालीस वर्षसम्म निरन्तर आप्mनो विचारको प्रचार गरे जसको कारण वर्ण विषमताको जड हल्लियो । करोडौं मानिसहरु धम्मका अनुयायी बने । पण्डित–पुरोहितको कमाइ कम हुन थाल्यो किनकि मानिसहरुले आडम्बरयुक्त पूजापाठ, यज्ञ इत्यादि गर्न बन्द गरे । त्यसैले ब्रह्माणहरु समाजमा बुद्धको महत्व कम गराउनलाई अनेक षडयन्त्र गर्न थाले । तर जनता भने बौद्ध भिक्षुको सम्मान गर्न थाले जसमा अनेकौं निम्न जातिका मानिस थिए र जसको अगाडि संघका ब्राह्मण भिक्षु पनि टाउको निहुराउँथे । यज्ञ लगभग बन्द हँुदै गएको थियो र यस प्रकारले पुरोहितको धन्धा समाप्त भएको थियो ।
यी सबै कारणले ब्राह्मणले बुद्धलाई जनताको दृष्टिमा गिराउनको लागि षडयन्त्र रचे । एक पटक तिनीहरुले चिन्चा नामक एक सुन्दरीको प्रयोग पनि यसै उद्देश्यको लागि गरे । ब्राह्मणले सिकाएकोले चिन्चा बिहान त्यो दिशाबाट नगरमा आउँथिन्, जहाँ गौतम बस्थे । रात परेपछि उनी नगरबाट गौतमको निवास स्थानतिर जान्थिन् । चिन्चालाई यसरी आउनु जानुको कारण यदि कसैले सोध्यो भने उनी यस्तो शब्दमा जवाफ दिन्थिन् कि जसबाट शंका उत्पन्न होस् ।
नौ महिना पश्चात उनी पेटमा लुगा बाँधेर त्यो सभामा गइन्, जहाँ गौतमले उपदेश दिइरहेका थिए । उनी गौतमलाई सम्बोधित गरेर भन्न थालिन्– “तपाईंले मलाई गर्भ त दिनु भयो के अब प्रसुतिगृहको प्रबन्ध गरिदिनु हुन्न । यो तपाईंको कस्तो न्याय हो ?”
गौतमले तुरुन्तै बुझे चिन्चाले कुन उद्देश्यले गर्दा यस्तो बोलिरहेकी थिइन् । बुद्धले कौशलका राजा प्रसेनजितलाई आदेश दिएर चिन्चालाई सजाय गराउन पनि सक्थे । तर बुद्धले मुस्कुराउँदै बडो गम्भीर र करुण स्वरमा चिन्चालाई भने, “बहिनी ! तिमीले यो जे भन्यौ त्यसको सत्यको ज्ञान केवल तिमी र मलाईमात्र छ ।”
षडयन्त्रकारीले यस्तो जवाफको कल्पना नै गरेका थिएनन् । अप्रत्याशित जवाफको कारणले चिन्चालाई के भन्ने हो भेऊ नपाएर खोकी लाग्यो । जसले गर्दा पेटमा डोरीले बाँधेको कपडाको पोको भुइँँमा झ¥यो । जनताको बीचमा उनी झुटी साबित भइन् र उनको वास्तविक उद्देश्य पनि अगाडि आयो ।
केही वर्षपछि बौद्ध धर्म आफैं घोर रुढीवादी, अन्धश्रद्धालु र जनताको शोषक बन्यो । यसका अनेकौं कारण थिए । यद्यपि बुद्धले तपको लागि शारीरिक कष्ट निषेध गरेका थिए, व्यक्तिगत मुक्तिलाई महत्व नदिएर समाजको उद्धारको भावनालाई प्रोत्साहित गरेका थिए, फेरि पनि त्यो वैराग्य प्रधान श्रमण परम्पराबाट आएको थियो । केही प्रश्नमा उनीहरुको दृष्टिकोण अवैज्ञानिक थियो । स्त्री पुरुषको स्वाभाविक सम्बन्धलाई सहन गर्न उनी तयार थिएनन् । स्त्रीको बारेमा उनको विचारधारा सही थिएन । प्रजापति गौतमीद्वारा प्रव्रज्या (भिक्षुणीको दीक्षा) ग्रहण गर्दा बुद्धले आप्mना परम शिष्य आनन्दसँग भनेका थिएः “आनन्द यदि तथागत प्रवोदित धर्ममा स्त्रीहरुलाई प्रव्रज्या नदिने हो भने यो धर्म सहस्र वर्षसम्म रहने थियो । तर अब केवल पाँच सय वर्षसम्म रहने छ ।”
यो अवैज्ञानिक मान्यताको प्रतिक्रिया यो भयो कि बुद्धधर्ममा बज्रयानको उदय भयो, जसमा स्त्रीको इन्द्रियलाई पद्म स्वरुप र पुरुषको इन्द्रियलाई बज्र स्वरुप मानियो । र घृणितभन्दा घृणित व्यभिचार जसको साधनाको मुख्य स्वरुप बन्यो ।
बौद्ध भिक्षुको अत्याचार
बुद्धले पुरोहितवादको विरोध गरेका थिए तर उनले भिक्षुको हातमा समाजको सत्ता दिएर गए । सम्राट अशोकको समयमा जब बौद्ध धर्मले राज्याश्रय पायो तब बौद्ध भिक्षु पनि अत्याचार गरेर जनताको धन संग्रह गर्न थाले । जनताले उनीहरुको कुकृत्यमा आपत्ति गर्न सकेनन् । यसैले उनीहरुले विभिन्न खालको भ्रमजाल सृष्टि गर्न सुरु गरे । बुद्धको चरित्रमा अनेकौं अलौकिक कुरा जोडिएका छन् र उनलाई एक चमत्कारिक विभूति बनाएका छन् । भनियो कि बुद्ध कहिल्यै बृद्ध हँुदैनन्, यद्यपि बुद्ध आफैंले एक पटक आनन्दसँग भनेका थिए, “मेरो शरीरलाई पनि अरु मानिसको शरीर समान बालक, बृद्धावस्था तथा मरण प्राप्त हुन्छ ।”
बुद्धले संस्कृतिको साटो जनसाधारणमा प्रचलित पाली या मगधी भाषालाई आप्mनो उपदेशको माध्यम बनाएका थिए, किनकि ब्राह्मण संस्कृतलाई देववाणी र आप्mनो विशेष भाषा बताउँथे । तर बौद्ध धर्मको महायान सम्प्रदायले संस्कृतलाई फेरि अपनाएको छ किनकि जनतामा आप्mनो श्रेष्ठता सिद्ध गर्नको लागि जनताभन्दा भिन्न हुन आवश्यक थियो ।
बज्रयानीहरुको सिद्धीको त कथा नै अनौठो छ जुन प्रकारले प्राचीन वैदिक ऋषिले चमत्कार देखाएर श्रापको डर र बरदानको लोभ देखाएर धर्म भीरु राजा र उनका स्त्रीहरु र कन्या प्राप्त गर्नमा पनि समर्थ भएका थिए, त्यसै प्रकारले सिद्ध पनि चमत्कार देखाएर राजकन्याको भोग गर्ने गर्थे र राजाले उनीहरुको कुनै प्रकारको इच्छाको विरोध गर्दैनथे । जनता उनीहरुबाट कति आतंकित थियो होला यसको अनुमान लगाउन कठिन छैन ।
ब्राह्मण धर्मलाई मान्यता दिने कतिपय राजाको शस्त्रबलले पनि बौद्ध धर्म समाप्त गर्नमा योगदान दियो । बौद्ध भिक्षुहरुबाट पीडित जनताले बौद्धको दमनको स्वागत गरे । फेरि पनि बौद्धद्वारा प्रतिपादित अहिंसालाई ब्राह्मणले अन्त्यमा स्वीकार गरे र बुद्धलाई आप्mनो अवतारमा पनि स्थान दिएका छन् । ब्राह्मणको पौरोहित्य र श्रेष्ठत्व फेरि स्थापित भयो ।
ईसा पूर्व ४८३ मा बुद्धको मृत्यु भएको थियो ।
