
तनहुँ–१ को सबै मतदानकेन्द्रमा उपनिर्वाचनको मतदान सुरु भएको छ । आइतबार बिहान ७ बजेदेखि ६९ मतदानस्थलका १५२ मतदान केन्द्रमा मतदान सुरु भएको हो ।प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले शान्तिपूर्ण रुपमा मतदान भइरहेको जानकारी दिनुभयो । ‘‘मतदान सबै ठाउँमा सुरु भएको छ र मतदान शान्तपूर्ण तवरबाट भइरहेको छ’’ प्रजिअ रिजालले भन्नुभयो ।मतदाताहरू बिहानैदेखि मतदानस्थलमा लाइन लागेका छन् । उपनिर्वाचनका लागि तनहुँमा एक लाख ४० हजार २२४ जना मतदाता रहेका छन् । एक लाख २३ हजार ३०५ जना मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।




























